Date
आइत, कार्तिक १५, २०८३
Sun, November 1, 2026

करोडौं क्षतिपुर्तीको मागसहित मितलको स्वीट मार्ट विरुद्ध उजुरी, कारवाही सुरु

spot_img
spot_img

वीरगंज । ट्रेड मार्क नक्कल गरी चुइगम उत्पादन गरेको भन्दै शंकर लाल मितल संचालक रहेको स्वीट मार्ट फुड प्रा.लि. वीरगंज उपर कारवाही सुरु भएको छ ।

सुजल फुड्स प्रा.लि. पोखराको उजुरीको आधारमा उद्योग विभागले ७ दिनको म्याद दिएर स्वीट मार्ट फुड प्रा.लि.लाई उपस्थित हुन म्याद जारी गरिएको समाचार बुझिन आएको छ ।

सुजल फुड्स प्रा.लि. पोखराले उद्योग विभागमा दिएको उजुरीमा आफ्नो ECLAIRs\ र BUBBLe\ fUn\ नामक ट्रेड मार्कको नक्कल गरी स्वीट मार्ट फुड प्रा.लि.ले उत्पादन गरेकोले हदै सम्मको कारवाहीको साथै कराेडौं रुपैया क्षतिपुर्ती समेत माग गरेको बुझिन आएको छ ।

मितलको स्वीट मार्ट फुड प्रा.लि.बाट क्षतिपुर्ती वापत एक ब्राण्डको मात्रै क्षतिपुर्ती वापत ४ करोड ७७ लाख ८७ हजार ८ सय ४० रुपैया सुजल फुड्स प्रा.लि.ले माग दावी गरेको छ ।

सुजल फुड्स प्रा.लि. को उजुरीको आधारमा मितलको स्वीट मार्ट फुड प्रा.लि.मा उद्योग विभागले मंगलवार सुचना समेत टांस गरेको बुझिन आएको छ ।

मितलले आफ्नो स्वीट मार्ट फुड प्रा.लि. मार्फत बहुराष्ट्रिय कम्पनीको उत्पादित सेन्टर फ्रुट नामक ब्राण्डको पनि नक्कल गरी चुइगम उत्पादन गर्दै आएको समाचार यस अघि पनि सार्वजनिक भइसकेको छ ।

यसरी मितलले पटक–पटक अर्काको ब्राण्ड चोरी गरी गुणस्तरहिन एवं नक्कली चुइगम/चकलेट उत्पादन गरी बालबालिकाको स्वास्थ्य संग खेलवाड गर्दै आएका छन ।

मितलले स्वीट मार्ट फुड प्रा.लि. मार्फत नक्कली र गुणस्तरहिन उत्पादन गरी रहेको प्रमाण सहित समाचार सार्वजनिक हुनुको साथै सम्बध निकायमा निज विरुद्ध उजुरी पर्दा पनि हाल सम्म कुनै किसिमको कारवाही भएको देखिंदैन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...