Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

समाज परिवर्तन नेपालकाे कार्यक्रममा ५५ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । वीरगंजकाे घण्टाघरमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । समाज परिवर्तन नेपालले आयाेजना गरेकाे कार्यक्रममा ५ महिलासहित ५५ जनाले रक्तदान गरेका छन् ।

समाजका अध्यक्ष अकलेश साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रिमि कर्ण, नरोतम पटेल, नेहा मण्डल, नेहा चौरसिया, सन्जु चौरसिया, अकलेस साह, संदिप महतो, राकेश साह गोंड, भगवान कुर्मी, अवधकिसोर यादव, अरुण कमार साह, बिकास साह कानु, लगायतले रक्तदान गरेका हुन् । 

रक्तदान कार्यक्रमकाे उद्घाटन नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जाराले गरेका थिए । 

कार्यक्रमकाे उद्घाटन गर्दै महासचिव बन्जाले रक्तदान जस्तो पूण्य काममा सरिक हुन सबैलाई आग्रह गरे । रक्तदान गरेर जीवनदान गर्न आग्रह गर्दै उनले पछिल्लो समय रगतको अभाव बढ्दै गएको हुँदा युवाहरु रगतको बढ्दो मागलाई परिपूर्ती गर्न अग्रसर हुनुपर्ने धारणा राखे । 

कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक धिरेन्द्र झा, जितेन्द्र कुशवाहा, संस्थाका सचीव राहुल साह, कोषाध्यक्ष रोशन सर्राफ, सहसचिव धर्मेन्द्र पटेल, एसके चौरसीया लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...