Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

भरतपुर भ्रमण वर्ष उद्घाटन समारोहले राष्ट्रिय एकताको सन्देश दियो : प्रधानमन्त्री प्रचण्ड

spot_img
spot_img

वीरगंज । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुर भ्रमण वर्ष–२०२४ को उद्घाटन समारोहले राष्ट्रिय एकताको सन्देश दिएको बताएका छन् । शुक्रबार भरतपुर भ्रमण वर्षको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले उक्त कार्यक्रम भ्रमण वर्षको उद्घाटन समारोहमा मात्रै सीमित नभएर प्रमुख राजनीतिक दल र नेताहरुको राष्ट्रिय एकताको सन्देशसहितको उद्घाटन समारोह बन्न पुगेको बताएका हुन् ।

‘भ्रमण वर्षको मात्रै उद्घाटन समारोह भएन । यो देशका सबै प्रमुख राजनीतिक दल र नेताहरुको राष्ट्रिय एकताको सन्देशसहितको उद्घाटन समारोह पनि भयो । यो सरकार र निजी क्षेत्रका नयाँ संकल्पनको उद्घाटन समारोह पनि भयो । समृद्धिको यात्रामा हामीसँगै छौं भन्ने सन्देश पनि गए,’– उनले भने ।

उद्घाटन समारोह निकै अर्थपूर्ण प्रमाणित भएको प्रचण्डले बताए । भ्रमण वर्षको आकार्षणअन्तर्गत अन्तर्राष्ट्रिय सफारी मार्ट, जंगल फेष्टिभल, युवा सम्मेलन, अन्तर्राष्ट्रिय लगानी सम्मेलन, साहित्यिक कार्यक्रम, र्‍याली म्याराथुन, मेमिनार, लेखकहरुको भ्रमण, जातीय, सांस्कृतिक कार्यक्रम रहेको उनले बताए ।

उक्त उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्डसहित पूर्व प्रधानमन्त्रीहरु नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, समाजवादीको सम्मानित नेता झलनाथ खनाल, मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतको सहभागिता थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...