Date
शुक्र, असार ५, २०८३
Fri, June 19, 2026

भरतपुर भ्रमण वर्ष उद्घाटन समारोहले राष्ट्रिय एकताको सन्देश दियो : प्रधानमन्त्री प्रचण्ड

spot_img
spot_img

वीरगंज । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुर भ्रमण वर्ष–२०२४ को उद्घाटन समारोहले राष्ट्रिय एकताको सन्देश दिएको बताएका छन् । शुक्रबार भरतपुर भ्रमण वर्षको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले उक्त कार्यक्रम भ्रमण वर्षको उद्घाटन समारोहमा मात्रै सीमित नभएर प्रमुख राजनीतिक दल र नेताहरुको राष्ट्रिय एकताको सन्देशसहितको उद्घाटन समारोह बन्न पुगेको बताएका हुन् ।

‘भ्रमण वर्षको मात्रै उद्घाटन समारोह भएन । यो देशका सबै प्रमुख राजनीतिक दल र नेताहरुको राष्ट्रिय एकताको सन्देशसहितको उद्घाटन समारोह पनि भयो । यो सरकार र निजी क्षेत्रका नयाँ संकल्पनको उद्घाटन समारोह पनि भयो । समृद्धिको यात्रामा हामीसँगै छौं भन्ने सन्देश पनि गए,’– उनले भने ।

उद्घाटन समारोह निकै अर्थपूर्ण प्रमाणित भएको प्रचण्डले बताए । भ्रमण वर्षको आकार्षणअन्तर्गत अन्तर्राष्ट्रिय सफारी मार्ट, जंगल फेष्टिभल, युवा सम्मेलन, अन्तर्राष्ट्रिय लगानी सम्मेलन, साहित्यिक कार्यक्रम, र्‍याली म्याराथुन, मेमिनार, लेखकहरुको भ्रमण, जातीय, सांस्कृतिक कार्यक्रम रहेको उनले बताए ।

उक्त उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्डसहित पूर्व प्रधानमन्त्रीहरु नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, समाजवादीको सम्मानित नेता झलनाथ खनाल, मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतको सहभागिता थियो ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा लापसे चेकजाँच : ५ चालक नियन्त्रणमा, कारबाहीका लागि प्रहरीको जिम्मा लगाइयो

वीरगंज । वीरगंज महानगरपालिका–१४ स्थित गण्डक क्षेत्रमा सञ्चालन गरिएको लापरवाहीपूर्वक सवारी सञ्चालन (लापसे) सम्बन्धी विशेष चेकजाँच अभियानका क्रममा ५ जना चालकलाई नियन्त्रणमा लिइएको छ...

वीरगंजमा सशस्त्र प्रहरीद्वारा तीनदिने विपद् स्वयंसेवक तालिम सम्पन्न

वीरगंज । मनसुनजन्य विपद् तथा अन्य प्राकृतिक एवं मानवजन्य प्रकोपलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले सञ्चालन गरेको तीनदिने...

अब वीरगंजमै एथरका स्मार्ट इलेक्ट्रिक स्कुटर, नयाँ शोरुम सञ्चालनमा

वीरगंज । नेपालका अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड एथर नेपालले वीरगञ्जको आदर्शनगरमा नयाँ एथर एक्सपिरियन्स सेन्टर सञ्चालनमा ल्याएको छ। गेटवे मोटर्स प्रालिको व्यवस्थापनमा सञ्चालनमा...