Date
बुध, असार ३१, २०८३
Wed, July 15, 2026

चाैथाे सन्तान पनि छाेरी जन्मिएपछि अस्पताल मै छाडेर आमा फरार

spot_img
spot_img

वीरगंज । वीरगंजस्थित नारायणी अस्पतामा जन्मिएको शीशु नै अस्पतालमा छाडेर आमा बेपत्ता भएकी छन् । छोरी जन्मिएको भन्दै परिवारका सदस्यहरुले झगडा गरेपछि आँफूले जन्माएको नवजात शीशु अस्पतालको बेडमै छाडेर महिला बेपत्ता भएकी घटना प्रकाशमा आएको हो ।

अस्पतालको प्रसूती विभागमा शनिबार विहान ६:३० मा जन्मिएको नवजात शीशु छाेरी अस्पतालको बेडमै छाडेर शीशुलाई जन्मदिने महिला र उनका आफन्त सम्पर्कविहिन भएका छन् ।

शनिबार विहान छाेरी जन्माएकी महिला साेही दिन सांझदेखि सम्पर्क विहिन भएकी प्रसूति वार्डकी नर्सिङ इन्चार्ज हेमा थापाले वताइन । उनले छाेडेर गएकी शीशुलाई अस्पतालको एनआइसियु वार्डमा राखिएको जानकारी दिइन ।

इन्चार्ज थापाका अनुसार आफ्नाे सासुसंग अस्पताल आएकी ३० बर्षिय सिता देवी साह कानुले वीरगंज महानगरपालिकाकाे वडा नम्बर ६ रानीघाट ठेगाना टिपाएकी छन् । ती महिलाले भर्ना हुने बेलामा अस्पतालमा पतिको नाम धिरज साह कानु लेखाएकाे अस्पतालको रेकर्डमा उल्लेख छ । अस्पतालकाे रेकर्डका अनुसार ति महिलाकाे ठेगाना रानीघाट ६, वीरगंज रहेकाे छ ।  

प्रसूती गराउन अस्पतालमा पुगेेकी महिलाकाे पति भने आएका थिएनन् । शनिबार अस्पतालको प्रसूती वार्डमा भर्ना गरिएकी ती महिलाले शनिबार नै छोरीलाई जन्म दिएकी थिइन् । यसअघि ती महिलाका तीन जना छोरी मात्रै थिए । अहिले चौथो सन्तानपनि छोरी नै जन्माएको भन्दै ती महिलाका सासु लगायतका परिवारका सदस्यले महिलासंग कच्कच समेत भएकाे सुनिएकाे इन्चार्ज थापाले वताइन ।

शनिबार बेलुकीको समयमा ती महिला र उनीसंग आएका आफन्तहरु शीशुलाई अस्पतालकै बेडमा छाडेर सम्पर्कविहिन भएको जानकारी अस्पताल प्रशासनले प्रहरीलाई गराएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताए ।

प्रवक्ता थापाका अनुसार, प्रसूती गराउन अस्पतालमा जाँदा महिलाले अस्पतालको रजिष्टरमा टिपाएको नाम र ठेगाना नै गलत जस्तो देखिएको छ । किनी रानीघिाट भन्ने टोल वीरगंज महानगरपालिकाको वडा नम्बर ६ मा पर्दैन । अहिलेसम्म रानीघाट टोलमा ती नाम भएको महिला वा उनको पतिको नाम भएको व्याक्ति नै फेला नपरेको थपाले बताए ।

अस्पतालको सीसी टीभी फुटेज लगायतका आधारमा उनिहरुको खोजी कार्य प्रहरीले गरिरहेको थापाले जानकारी दिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सिर्सिया नदीलाई पुनर्जीवन दिन सांसद हरि पन्तको सरकारको ध्यानाकर्षण

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य हरि पन्तले पथलैया–वीरगञ्ज औद्योगिक करिडोरका उद्योगहरूबाट निस्कने रासायनिकयुक्त फोहोर पानीका कारण सिर्सिया नदी दुर्गन्धित नालामा...

२४सै घण्टा अलर्ट रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन

वीरगंज । वीरगंज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमले नगरबासीको सेवा, सुरक्षा तथा आपत्कालीन व्यवस्थापनका लागि नगरप्रहरीलाई २४सै घण्टा तयारी अवस्थामा (अलर्ट) रहन निर्देशन दिएका...

कालिकामाईका कर्मचारीहरु सम्पूर्ण कार्यालयकाे सांचाे सिडिओलाई बुझाउने

वीरगंज । पर्साको कालिकामाई गाउँपालिकाका कम्प्युटर अपरेटर चन्दन कुमार चौरसियामाथि कार्यालयभित्रै भएको कुटपिट घटनामा एक सातासम्म पनि प्रहरीले जाहेरी दर्ता नगरेको भन्दै गाउँपालिकाका कर्मचारीहरूले...