Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

नेकपा एस पर्सा जिल्ला कमिटीकाे बैठक सम्पन्न

spot_img
spot_img

वीरगंज । नेकपा (एकीकृत समाजवादी) पर्सा जिल्ला कमिटीकाे तेस्राे पूर्ण बैठक शनिबार वीरगंजमा सम्पन्न भएकाे छ । 

पार्टीका पर्सा जिल्ला अध्यक्ष बालगाेपाल थापाकाे अध्यक्षतामा बसेकाे बैठकले अगामी जेठ महिना हुन लागेकाे पार्टीकाे महाधिवेशनकाे तयारीकाे लागि सदस्यता नविकरण र नयाँ वितरण गर्ने निर्णय गरेकाे छ ।

साथै बैठक पार्टीकाे जिल्ला सचिवाल कमिटीमा १६ जना र जिल्ला सदस्यमा १६ जनालाई थप गर्ने निर्णय गरेकाे छ । जिल्ला सचिवालय सदस्यमा लालमन वाइवा, उमेश ठाकुर, रमेश चाैधरी, नेपाल इन्दु साह, विनय लाल गुप्ता, अमिरिलाल कलवार, मदन कुर्मी, राजमहमद अन्सारी, मदन हाजरा लगायतका चयन भएका छन् ।

वीरगंजस्थित डाइमण्ड पार्टी प्यालेसमा बसेकाे बैठकका पार्टीका केन्द्रिय सचिव नागेन्द्र चाैधरी, पाेलिट ब्युराे सदस्य एवम् पर्सा जिल्ला इन्चार्ज रामचन्द्र साह, पाेलिट ब्यराे सदस्य एवम् वीरगंज महानर इन्चार्ज चिरन्जिवी अचार्य, केन्द्रिय लेखा आयाेगका सदस्य किशाेरी कुशवाहा, वीरगंज महानगर अध्यक्ष मनाेज चाैधरी, उपाध्यक्ष मंजुर आलम, सुभदार यादव लगायतकाे विशेष उपस्थिती रहेकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...