Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026

वीरगंजलाई शैक्षिक हब बनाउन सबैले सहकार्य गरौँ : मेयर सिंह

वीरगंज । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बैभव वीरगंजका लागि शैक्षिक क्षेत्रको सुदृढीकरण अपरिहार्य रहेको बताएका छन् । वीरगंजस्थित गौतम माद्यामिक विद्यालयकाे ४७ औँ वार्षिकोत्सवकाे अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सिंहले वीरगंज महानगरपालिकाले शैक्षिक गुणस्तर बृद्धि र विद्यार्थीको चौतर्फी विकासका क्षेत्रमा काम गरीरहेको वताए ।

- Advertisement -

साथै उच्च शिक्षाका लागि वीरगंज भन्दा बाहिर जाने प्रवृतिलाई अन्त्य गर्दै वीरगंज गुणस्तरीय उच्च शिक्षा प्रदान गर्नुपर्नेमा मेयर सिंहको जोड थियाे । उनले भने, ‘हामीले सोच परिवर्तन गर्ने बेला भएको छ । उच्च शिक्षाका लागि वीरगंज भन्दा बाहिर पठाउने गरिन्छ । यहाँकै शैक्षिक संस्थामा विश्वास नभएको हो र ?’

गौतम माविका विद्यार्थीहरुको प्रस्तुती हेर्दै उनले थपे, ‘जग नै यति बलियो छ भने घर पनि बलियो हुन्छ भन्ने विश्वास दिलाउन जरुरी छ । वीरगंज शैक्षिक क्षेत्रको छुट्टै इतिहास छ, अब त्यही इतिहास फेरी फर्काउने बेला भएको छ । यसका लागि सबै शिक्षाकर्मी एवम् सरोकारवालाले हातेमालो गर्न आवश्यक छ ।’

कार्यक्रममा उपस्थित अतिथीहरुलाई शब्दमार्फत स्वागत गर्दै गौतम माविकी सहायक प्रधानाध्यापिका परीक्षा लामाले ४७ वर्षमा प्रवेश गर्दाको समयमा थुप्रै उतारचढावको सामना गरेको बताइन् । २०३१ सालमा ४ जना विद्यार्थीबाट गौतम मावि सुरु भएको जानकारी गराउँदै उनले भनिन्, ‘अहिले सबै अभिभावकको रोजाईमा हामी पर्ने गर्छाै । यसका साथै हरेक वर्ष एसईईमा सर्वाेत्कृष्ट नतिजा ल्याउने गर्दछौँ । यो हाम्रो ठूलो उपलब्धी हो ।’

कार्यक्रममा कक्षा नर्सरीदेखि ९ सम्मका १२ सय विद्यार्थीले विभिन्न क्रियाकलापमा सहभागिता जनाएको पनि उनले जानकारी गराइन् । साथै एक साताको छोटो समयमा तयारी गरेर विद्यार्थीहरुले विभिन्न सचेतनामुलक एवम् मनोरञ्जनात्मक सांस्कृतिक प्रस्तुती समेत प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक सौराज प्रधान र शिक्षिका श्वेता क्षेत्री गरेका थिए ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजकाे मेनरोड भत्काउने कार्यमा जेन जि पर्साको समर्थन

वीरगंज । वीरगंजको मेनरोडमा फराकिलो पार्ने कार्यप्रती जेन जि यूथ फोर्स पर्साले समर्थन जनाएको छ । संस्थाले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त अभियानप्रति...

१३ वर्षपछि टुट्दै वीरगंजको मेनरोड, एकैसाथ ५ स्थानमा डोजर लगाउने सडक विभागको तयारी

वीरगंज । वीरगन्जको मुख्य सडक (मेनराेड) विस्तारकाे काम आजै (शनिबार) साँझ देखि सुरु गरिने भएको छ। सडक डिभिजन कार्यालय हेटाैंडाले त्रिभुवन राजपथ अन्तरगत पर्ने वीरगन्जको...

डिजेल महँगिँदा चैते धान रोपाइँ संकटमा, किसान रोपाइँबाटै पछि हट्दै

सेढवा । दिनप्रतिदिन पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदै जाँदा पर्साका किसानहरू गम्भीर मारमा परेका छन्। विशेषगरी हर्दिनाथ–१ (चैते धान) जातको खेती गर्ने किसानहरू प्रत्यक्ष...