Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

हिन्दू समाजलाई बदनाम गराउन अराजकतत्व सक्रिय भएको आरोप

spot_img
spot_img

वीरगंज । पर्साका हिन्दु समाजलाई बदनाम गराउन केहि अराजकतत्व सक्रिय भएको समाजले आरोप लगाएकाे छ । समाजका अगुवाहरुले बुधबार वीरगंजमा पत्रकार सम्मेलनको आयोजना गरि यस्ताे आरोप लगाएका हुन् ।

जिल्ला प्रशासन कार्यालय पर्सामा मंगलबार राती भएको सम्झौताको बारेमा सञ्चारर्कीहरुलाई जानकारी गराउदै हिन्दू समाजका अगुवा बिजयप्रकाश निषादले शान्तिपुर्ण आन्दोलनलाई  केहि घुसबैठियाहरुले बदनाम गराउन षड्यन्त्र गरेको दावी गरे ।

हिन्दू समाज  समाजिक सदभाव बिथोल्ने कार्य कहिले पनि नगरेको दावी गर्दै निषादले मुस्लिम समुदायका व्यक्तिले जय श्रीराम अंकित झण्डा च्यात्ने, भगवान श्रीरामको फोटो च्यात्ने जस्ता घृणित कार्य गरेकोले एक हप्ता भित्र ति अराजक व्यक्तहरुलाई पक्राउ गरि कारवाही गर्न सिडिओले प्रतिवद्धता जनाएको बताए ।

साथै कफ्र्यु लागेको बेला पक्राउ परेका २१ जनालाई बिना शर्त रिहा गराएको पनि निषादले पत्रकार सम्मेलनमा जानकारी गराए ।

समाचार संकल्नको क्रममा छपकैया स्थित ईदगाह चौकमा पत्रकार सरौभ साह माथि भएको आक्रमणको घोर भत्र्सना गर्दै मोटरसाईकलकोे क्षतिपुर्तिको माँग गरिएको जानकारी दिए ।

हिन्दू झण्डा च्यात्ने र भगवान श्रीरामको फोटो च्यात्ने व्यक्तिको पहिचान भईसकेकोले एक हप्ता भित्र पक्राउ गरि कारवाही गर्न सिडिओलाई अल्मिेटम दिएको पत्रकार सम्मेलनमा सहभागिहरुले बताएका थिए ।

वीरगंजकाे बसपार्कस्थित होटल अनमोलमा भएकाे पत्रकार सम्मेलनमा समाजका प्रजवलमान सिंह, अभिषेक तिवारी, रंजन सिंह राजपुत, बिझाल झा, राजा गुप्ता, सागर साह, दिपेन्द्र सर्राफ लगायतको पनि उपस्थिती रहेकाे थियो । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...

कटहरियामा पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणीको प्रयास

रौतहट । रौतहटको कटहरियामा पाँच वर्षीया बालिकालाई फकाएर सुनसान स्थानमा लगेर जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा स्कुल बसका सहचालकविरुद्ध मुद्दा दर्ता भएको छ। कटहरिया नगरपालिका–५...

नेपाललाई मेडिकल हब बनाउन निजी मेडिकल कलेज संघको सातबुँदे प्रस्ताव

काठमाडौं । नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षा तथा मेडिकल टुरिजमको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न सरकारसँग तत्काल...