Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

अदालतमा हारपछि तालाबन्दी गरेर मेयरमाथि प्रहार

spot_img
spot_img

वीरगंज । धमाधम बजेटअनुसार काम गर्नु पर्ने बेला पूर्वी चितवनको राप्ती नगरपालिकामा जनप्रतिनिधिहरुबाटै तालाबन्दी भएको छ । नेकपा एमाले र नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले बुधबार दिउँसो नगर प्रमुख शमशेर लामा, उपप्रमुख देवेन्द्र लामा तथा प्रमुख प्रशासकीय अधिकृत निलमकुमार न्यौपानेको कार्यकक्षमा ताला लगाएका हुन् ।

राप्ती नगरपालिका वडा नम्बर ५ का अध्यक्ष सीताराम बलको नेतृत्वमा कांग्रेसका वडाअध्यक्ष, एमालेका वडाध्यक्षसहित नगर सभा सदस्यको उपस्थितिमै तालाबन्दी भएको हो । तालाबन्दीपछि नगरको काम ठप्प भएको छ । जनप्रतिनिधिबाटै यस्तो भएपछि कर्मचारी पनि त्रसित बनेका छन् । राप्तीमा एमालेको लामो विरासत तोड्दै नेकपा एकीकृत समाजवादी पार्टीबाट शमशेर लामा मेयर बनेका हुन् ।

७० जना नगर सभा सदस्यमा मेयरसहित २ वडा अध्यक्ष समाजवादी, उपमेयर, ३ वडा अध्यक्षसहित ७ वडा सदस्य कांग्रेस, १ वडा सदस्य माओवादी केन्द्र र बाँकी ८ वडा अध्यक्षसहित वडा सदस्य एमालेका छन् । कार्यपालिकाका २३ जनामा एमालेको १६ सदस्यसहित बहुमत छ ।

नगर प्रमुख लामाको नेतृत्वले जनमुखी काम गरेको र यसको प्रभावले नगरबासीले समयमा सेवाप्रवाह पाएपछि एमाले–कांग्रेसका जनप्रतिनिधि आन्तरिकरुपमै रुष्ट बनिरहेका थिए । नगरबासीले मेयरको काम रुचाएपछि यसको श्रेय आफ्नो भागमा नपरेपछि उनीहरु रुष्ट बनेका हुन् ।

राप्तीमा पछिल्लो २० महिनामा निशुल्क शिक्षा, निशुल्क एम्बुलेन्स, निशुल्क रगत मात्र नभइ विकास निर्माणको पाटोमा समेत सकरात्मक काम भइरहेका छन् । तर वडागत काम र विकासशून्य अवस्थामा रहँदा उपभोक्ता समिति बनाउनसमेत मेयरको माग हुन थालेपछि एमाले–कांग्रेसका जनप्रतिनिधि असन्तुष्ट बनेका थिए ।

एमाले र कांग्रेसका जनप्रतिनिधिले कार्यपालिका बैठक र हिउँदे नगरसभा डाक्न सातदिने अल्मिमेटमसहितको ध्यानाकर्षण पत्र बुझाएका थिए । फागुन ९ बुधबार ६ दिन पुगेकै दिन उनीहरुले आफूखुशी कर्मचारी फेरबदल, कर्मचारी माग गरेको ८ महिनासम्म पनि अगाडि प्रक्रिया नबढाएको आरोप लगाए । शीर्षक परिवर्तन नगरी तोक आदेशमा काम गरेको भन्दै विरोधमा उत्रिनु परेको कांग्रेस एमालेले पत्रकार सम्मेलन नै गरेर बताएका थिए ।

उसो त एमाले–कांग्रेसका जनप्रतिनिधिको हतारोले राप्तीबासीले अरु दुःख पाउने देखिएको छ । मंसिरको २५ गतेसम्म नगरका सबै काम रोक्न मेयरलाई विपक्षी बनाइ एमाले–कांग्रेसका जनप्रतिनिधिले उच्च अदालत हेटाैडामा मुद्दा हालेका थिए । मेयर लामाकै पक्षमा फैसला भएपछि नियमित काम अघि बढेको थियो ।

यसरी अदालतबाट समेत काम रोक्न नभनेको अवस्थामा जननिर्वाचित जनप्रतिनिधि नै हूल बाँधेर कार्यालयमा तालबन्दीमा उत्रिएपछि विकासका काममा अवरोध सिर्जना भएको हो । मेयर शमशेर लामाले तालाबन्दी भएको खबर पाइएको बताए । ‘नगरकै कामकै सिलसिलामा वडा नम्बर ११ मा थिएँ, तालाबन्दी भएको खबर पाएँ,’ लामाले भने, ‘जनताको काम प्रभावित पार्ने गरी गरिएको गतिविधिप्रति दुःखी छु ।’

उनले जनताको नेताले परिपक्क राजनीति गर्नु पर्ने बताए । उनले जनताको कामका लागि चुनिएकाले नै जनताको काम रोक्ने काम गलत भएको र समाधानको उपाय खोजीमा जुट्ने बताए । ‘विवाद र समस्या निकाल्ने पक्ष नै भागेर हिँडेका छन्,’ उनले भने, ‘सच्चिन आग्रह गर्दछु ।’ जनताले सहज र सरलरुपमा सुविधा पाइरहँदा राप्ती नगरपालिकाको प्रभाव बलियो हुँदै गएपछि जलनमा रहेका जनप्रतिनिधिले अनेक तगारो हालेर दुःख दिएको लामाको दाबी छ ।

एमाले–कांग्रेसनिकटका जनप्रतिनिधिले माग गरेको कार्यपालिका बैठकको समय सीमा र राजनीतिक संस्कारका विषयमा आफूले स्वागत गरेको, जनताको मर्म सम्बोधन हुने गरी बैठक राख्न सहमत भएको लामाले बताए । पुस र माघ महिनामा हुनुपर्ने बैठक राख्ने वातावरण नै सिर्जना नगरिएको लामाको भनाइ छ । तालबन्दीपछि प्रमुख प्रशासकीय अधिकृत मोबाइल अफ गरेर बसेका छन् भने तालाबन्दी घटनामा उपप्रमुख मौन छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...