Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

नेकपा एस वीरगंज महानगर कमिटीकाे बैठक सम्पन्न

spot_img
spot_img

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) वीरगंज महानगर कमिटीकाे बैठक शनिबार वीरगंजमा सम्पन्न भएकाे छ ।

वीरगंज महानगर कमिटीका अध्यक्ष मनोज कुमार चौधरीको अध्यक्षतामा बसेकाे बैठकले महानगरपालिका अन्तर्गतका ३२ वटै वडामा संगठन निर्माणका साथै सुदृढीकरण अभियान चलाउने निर्णय गरेकाे छ ।

वीरगंजकाे राधेमाईस्थित पार्टी कार्यालयमा बसेकाे बैठकमा पार्टीका स्थायी कमिटी सदस्य लक्षमन पौडेल, पोलिट ब्यूरो सदस्य रामचन्द्र साह, पर्सा जिल्ला अध्यक्ष बालगोपाल थापा, महानगर कमिटीका उपाध्यक्ष मन्जुर आलम, समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सदस्य मनोज पटेल लगायतकाे उपस्थिती रहेकाे थियो ।

यस अघि शुक्रबार वीरगंज महानगर अन्तर्गतका जिल्ला कमिटी सदस्यहरुकाे बैठक पनि सम्पन्न भएकाे थियाे । वीरगंजस्थित राधेमाई धर्मशालामा बसेकाे बैठकले पार्टीकाे महाधिवेशन तयारीकाे सम्बन्धमा छलफल गर्नुकाे साथै पार्टीकाे संगठित सदस्य बनाउने निर्णय गरेकाे महानगर अध्यक्ष चाैधरीले जानकारी दिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...