Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

नेकपा एस वीरगंज महानगर कमिटीकाे बैठक सम्पन्न

spot_img
spot_img

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) वीरगंज महानगर कमिटीकाे बैठक शनिबार वीरगंजमा सम्पन्न भएकाे छ ।

वीरगंज महानगर कमिटीका अध्यक्ष मनोज कुमार चौधरीको अध्यक्षतामा बसेकाे बैठकले महानगरपालिका अन्तर्गतका ३२ वटै वडामा संगठन निर्माणका साथै सुदृढीकरण अभियान चलाउने निर्णय गरेकाे छ ।

वीरगंजकाे राधेमाईस्थित पार्टी कार्यालयमा बसेकाे बैठकमा पार्टीका स्थायी कमिटी सदस्य लक्षमन पौडेल, पोलिट ब्यूरो सदस्य रामचन्द्र साह, पर्सा जिल्ला अध्यक्ष बालगोपाल थापा, महानगर कमिटीका उपाध्यक्ष मन्जुर आलम, समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सदस्य मनोज पटेल लगायतकाे उपस्थिती रहेकाे थियो ।

यस अघि शुक्रबार वीरगंज महानगर अन्तर्गतका जिल्ला कमिटी सदस्यहरुकाे बैठक पनि सम्पन्न भएकाे थियाे । वीरगंजस्थित राधेमाई धर्मशालामा बसेकाे बैठकले पार्टीकाे महाधिवेशन तयारीकाे सम्बन्धमा छलफल गर्नुकाे साथै पार्टीकाे संगठित सदस्य बनाउने निर्णय गरेकाे महानगर अध्यक्ष चाैधरीले जानकारी दिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...