Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

रगत अभाव भएपछि भाेलेन्टियरद्वारा आकस्मिक रक्तदान

spot_img
spot_img

वीरगंज । वीरगंजमा शनिबार आकस्मिक आयोजना गरिएको कार्यक्रममा ३९ जनाले रक्तदान गरेका छन् ।

रक्तसञ्चार केन्द्र वीरगन्जमा भोलेन्टियर समुहले आयाेजना गरेकाे कार्यक्रममा अनिशकान्त कुश्वाहा, कृष्ण कुश्वाहा, सुरज साह तुरहा, दिलीप साह, रितेश सरार्फ लगायतले रक्तदान गरेका हुन् ।

रक्तसञ्चार केन्द्रमा रगत आभाव रहदै आएको र हाल रक्तदान कार्यक्रममा कमी भएकोले बिरामीहरुले समस्या खेप्नुपर्ने अवस्थामा थोरै भएपनि सहयोग होस् भन्ने उदेश्यका साथ आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको भोलेन्टियर समुह वीरगंजका संयोजक राजन श्रीवास्तवले जानकारी दिए ।

रक्तसञ्चार केन्द्र वीरगंजमा भोलेन्टियरले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३९ जनाले बिरामिहरुलाई सहयोग गर्ने सोच राखी स्वेच्छाले रगत दान गरेकाे समुहका श्याम सर्राफले वताए ।

सो अवसरमा बिक्की गुप्ता, रामबिनय यादव, कमल चौगाइ, बिनय गुप्ता, सुरज सरार्फ, सौरभ पाण्डे, मनिस साह, धिरेन्द्र झा, हरि राउत लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...

कटहरियामा पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणीको प्रयास

रौतहट । रौतहटको कटहरियामा पाँच वर्षीया बालिकालाई फकाएर सुनसान स्थानमा लगेर जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा स्कुल बसका सहचालकविरुद्ध मुद्दा दर्ता भएको छ। कटहरिया नगरपालिका–५...

नेपाललाई मेडिकल हब बनाउन निजी मेडिकल कलेज संघको सातबुँदे प्रस्ताव

काठमाडौं । नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षा तथा मेडिकल टुरिजमको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न सरकारसँग तत्काल...