Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

समाजवादी प्रेस संगठन पर्साकाे प्रथम बैठक सम्पन्न

spot_img
spot_img

वीरगंज । समाजवादी प्रेस संगठन नेपाल पर्साकाे प्रथम बैठक आइतबार वीरगंजमा सम्पन्न भएकाे छ । संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमनकाे अध्यक्षतामा बसेकाे बैठकले मनाेज पटेल नेतृत्वकाे निर्वतमान जिल्ला कार्यसमितिलाई धन्यावाद ज्ञापन गरेकाे छ ।

त्यसैगरी बैठकले फागुन ११ गते वनवाेज कार्यक्रम गर्ने निर्णय गरेकाे छ । साेही वनभाेज कार्यक्रममा नवनिर्वाचित कार्यसमितिकाे प्रमाण पत्र र परिचय पत्र वितरण गर्ने पनि निर्णय गरेकाे संगठनका सचिव विनाेद पटेलले जानकारी दिए ।

यसैगरी बैठकले संगठनका केन्द्रिय सचिव बृजलाल पासवानका काका नन्दलाल पासवानकाे यही माघ २२ गते ५८ बर्षकाे उमेरमा असामयिक निधन भएकाेमा दु:ख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेकाे छ ।

नेकपा एकीकृत समाजवादीका केन्द्रिय सचिव नागेन्द्र चाैधरीकाे प्रमुख आतिथ्यतामा बसेकाे बैठकमा पर्सा जिल्ला अध्यक्ष एवम् प्रचार विभाग प्रमुख बालगाेपाल थापा, संगठनका केन्द्रिय महासचिव रामकुमार एलन, केन्द्रिय सचिवद्वय वृजलाल पासवान, नेपाेलियन चेपाङ्ग,  केन्द्रिय सदस्यद्वय रेविन्द्र कार्की, मनाेज पटेल, सल्लाहकार संजय साह लगायत जिल्ला कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...