Date
सोम, कार्तिक ३, २०८३
Mon, October 19, 2026

बिन्दबासिनी गाउँपालिकामा विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साको बिन्दबासिनी गाउँपालिकामा विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको सम्पन्न भएको छ । ‘स्वास्थ्यको लागि खेल ’ भन्ने नाराका साथ सुरु विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको बुधबार सम्पन्न भएको हाे ।

श्री रामस्वरूप रामपृत चाैरसिया माध्यमिक बिधालय झौवाँगुठीको चौरमा भएको प्रतियाेगिताकाे समापन समाराेहलाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष प्रमाेद तिवारीले विद्यालय स्तरीय खेलकुद प्रतियोगिता खेलाडीहरूको महान उत्सव भएको बताए ।

उनले खेलको माध्यमबाट देशलाई विश्व सामु चिनाउन सकिने भएकोले खेलाडी देशको लागि शान्तिदुत पनि भएको बताए । खेलको माध्यमबाट विश्वमा शान्ति ल्याउन सकिने भएकोले सहभागी टिमका खेलाडीलाई उनले प्रसंसा गरे ।  

खेलकुदले नयाँ नयाँ प्रतिभा तयार गर्ने उनले विश्वास समेत व्यक्त गरे । प्रतियोगिताले बिन्दबासिनी गाउँपालिकालाई खेल पर्यटनको गन्तव्यका रुपमा स्थापित गर्न योगदान गर्ने पनि वताए । 

खेल क्षेत्रलाई समयानुकुल रुपमा विकास गर्दै लैजानुपर्ने बताउँदै अध्यक्ष तिवारीले विद्यमान समस्याहरूलाई समाधान गर्दै जानुपर्नेमा जोड दिए । १९ देखि शुरु भएको विद्यालय स्तरीय खेलकुद २०८० प्रतियोगिता गाउँपालिका अन्तर्गतका १४ वटा विद्यालयहरुले भाग लिएका खेल २४ गते सम्पन्न भएको गाउँपालिका शिक्षा शाखा प्रमुख कपिल लामिछानेले बताए ।

बिन्दबासिनी गाउँपालिकाको सहयोग र शिक्षा शाखाको आयोजनामा सुरु भएको विद्यालय स्तरीय खेलकुद प्रतियोगितामा तीन किसिमका खेल भएको थियो ।

म्युजिकल सेयर खेलमा १४ वटा विद्यालय सहभागी थिए भने शोर्ट फुटमा ५ वटा विद्यालय र जेब्लिङ थ्रो – ५ विद्यालय सहभागी भएका थिए । २४ गते सम्पन्न भएको खेलमा मावि तर्फको खेलमा श्री रा.रा.चौ. मावि प्रथम भएको थियो भने श्री रा.रा. चौ. दोश्रो र मसरुर आधारभूत विद्यालय तेश्रो भएको थियो ।

तेस्तै प्रावि तर्फको खेलमा मसरुर आधारभूत विद्यालय प्रथम भएको थियो भने भगवती नेरा प्रावि दोश्रो र रा रा चौ मावि तेश्रो भएको थियो ।

विद्यालय प्रधानध्यापक रामचन्द्र महतोको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश ओझा, लेखा प्रमुख मिथलेश कुशवाहा, इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक मोहन बिक्रम केसी, शसस्त्र प्रहरी बल अमरपट्टीका प्रहरी निरीक्षक सागर मल्ल, गाउँपालिका अन्तर्गत विद्यालयका प्रधानाध्यापक, शिक्षक, शिक्षिका, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम सहजीकरण प्रधानध्यापक मुक्लेश गद्दीले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...