Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

मुलुक बिग्रनुको मुख्य कारण भ्रष्टाचार : महासचिव भुसाल

spot_img
spot_img

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले जनताको बहुदलीय जनवाद (जबज) ‘संसदीय चुनावमा भाग लिन्छौँ’ भनेर गरिएको घोषणाबाहेक अरु केही नभएको बताएका छन् ।

मङ्गलबार काठमाडौंमा आयोजित एक बहसका क्रममा उनले यस्तो बताएका हुन् । “सारमा भन्ने हो भने जनताको बहुदलीय जनवाद संसदीय निर्वाचनमा भाग लिन्छौँ भनेर गरिएको घोषणाबाहेक अरु केही होइन,” उनले भने ।

जबज महासचिव भुसालको पूर्वदल नेकपा (एमाले) को एक राजनीतिक सिद्धान्त हो । एमालेको नाम नै उद्धृत गरेर उनले भनेका छन्, “यहाँ जनताको बहुदलीय जनवादका आधारमा समाजवाद बनाउने भनिन्छ । हुन त त्यसबेला त्यस्तै परिस्थिति थियो । त्यो भनेको २०४९ सालमा बनाइएको सिद्धान्त थियो । जम्मा कम्युनिष्ट पार्टीले संसदीय निर्वाचनमा भाग लिने भन्ने घोषणा थियो त्यो । तर, अहिले पनि हामी त्यसकै सान्दर्भिकता देख्छौँ ।”

यस्तै उनले घुस नखाने नेताहरूको पार्टी मुलुकमा नभइन्जेल भनेजस्तो काम नहुने बताए । “नकमाएको सम्पत्ति नखाने, घुस नखाने नेताहरूको पार्टी मुलुकमा नबनीकन हामीले चाहेको युग देख्न सक्दैनौँ,” उनले भने ।

उनले मुलुक बिग्रनुको मुख्य कारण भ्रष्टाचार भएको बताए । करोडौंको सम्पत्ति नभएका नेता एवम् कर्मचारी सायदै भएको उल्लेख गर्दै उनले भने, “एउटा कर्मचारीको तलबले ४/५ जनाको परिवार पाल्न गाह्रो हुन्छ । तर, अहिले हेर्नुभयो भने त्यो अवस्था कहाँ छ ? करोडौंको सम्पत्ति नभएका कर्मचारी छैनन् । नेताहरूको कुरा के गर्नु ?”

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...