Date
शनि, कार्तिक १४, २०८३
Sat, October 31, 2026

दरबार हत्याकाण्डलाई लिएर आफू र आफ्नो परिवारबारे भ्रम फैलाइयो : पुर्व राजा शाह

spot_img
spot_img

वीरगंज । पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डलाई लिएर आफू र आफ्नो परिवारबारे भ्रम फैलाइएको बताएका छन् ।
वीरगंज स्थित लालबंगला परिसरमा शनिवार आयोजित पुर्व राजा शाहको नागरिक अभिनन्दन समारोहलाई भावुकपुर्ण सम्बोधन गर्दै उने यस्तो बताएका हुन् ।

उनले यो अन्यायपूर्ण मात्र होइन, दुर्भाग्यपूर्ण पनि भएको बताउँदै आत्मीय अग्रजहरु गुमाएको अवस्थामा आफूले पुग नपुग ७ वर्ष राष्ट्र प्रमुखको भूमिका निर्वाह गरेको स्मरण गरे । अप्ठ्यारो परिस्थितिमा देशको थप बर्बादी नहोस् भन्ने मान्यता राखेर आफूले काम गरेको बताउँदै दरबार हत्याकाण्डलाई विनाशकारी, कहाली लाग्दो र सम्झन पनि मन नपराउने अवस्था भन्दै उनले राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाइएको थियो । हामी र हाम्रो परिवारमाथि घातक प्रहार पनि गरेका थिए उनले भने ।

पुर्व राजा शाहले दरबार हत्याकाण्डको प्रत्यक्षदर्शी हुँदाहुँदै अज्ञानता र छलका कारण अझ पनि मानिसहरु बहकिरहेको भन्दै यो अन्यायपूर्ण मात्र होइन, दुर्भाग्यपूर्ण पनि हो भने । सम्बोधनका क्रममा उनले २९ जेठ २०६५ मा नारायणहिटी दरबार छाडेको क्षण पनि सम्झिदै त्यसबेला आफूले आमसञ्चार माध्यममार्फत नेपालमै बसी मुलुकको बृहत्तर हित र शान्तिका लागि योगदान पुर्‍याउन चाहन्छु भनेको उल्लेख गरे ।

त्यसबेला नै राष्ट्रप्रेम र राष्ट्रहितको सदासयता कायम नरहंदा देशमा विषम परिस्थिति बन्छ र त्यसको वेथितीबाट आम जनतामा आक्रोश पैदा हुन्छ भन्ने आंकलन गरेको भन्दै उनले आज त्यो असन्तोष, चासो, चिन्ता छलाछुल्ल छ भने।

राजपाठ त्याग गर्दैगर्दा आफूले व्यक्त गरेको राष्ट्रप्रेम, राष्ट्रियता, प्रजातान्त्रिक प्रतिवद्धता सम्झिरहेको भन्दै उनले त्यसै आशय अनुरुप मैले चीरकाल र यन्त्र सुरक्षित रहोस् भनेर आफ्नो श्रीपेच राष्ट्रलाई सुम्पिएको थिए भने । पुर्व राजा शाहले अहिले पनि आफूहरु देशमै रहेको र गौरब गाथा गाइरहेको बताए ।

उनले आफ्नो मौलिकता र अस्तित्व गुमाएर, अनि सामाजिक सम्बन्धलाई बिथोलेर देशको भलो हुंदैन भन्ने आफ्नो अडान रहेको भन्दै राज्य व्यवस्था, राजनीति, अर्थ व्यवस्था र सामाजिक दुरबस्थाको राम्रो मूल्यांकन गरेर सबैको सुधार, विकास र निकासको बाटोमा लाग्नुपर्नेमा जोड पनि दिए ।

देश बनाउन र देश बचाउन आफूहरुलाई निरन्तर आहृवान भइरहेको भन्दै उनले पूर्खाको पौरख नभुल्न र आफ्नो जन्मभूमिका लागि मरिमेट्न सबैलाई आग्रह पनि गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...