Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

नेपाली कांग्रस पर्साले पनि “समुदायमा कांग्रेस अभियान” संचालन गर्ने

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेस पर्साले सहिद दिवसको दिनदेखि “समुदायमा कांग्रेस अभियान” संचालन गर्ने भएकाे छ ।

नेपाली कांग्रेस केन्द्रिय कार्य समितिको निर्णय अनुसार पर्सा जिल्लाको सबै वडाहरुमा यहि माघ १६ गते सहिद दिवसको दिनदेखि “समुदायमा कांग्रेस अभियान” संचालन गर्ने भएकाे नेपाली कांग्रेस पर्साका सह सचिव नविन सिंहले जानकारी दिए ।

उनका अनुसार केन्द्रले ‘समुदायमा जाऔं, जनताका कुरा सुनौं’ अभियानकाे नारा तय गरेको छ । जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने गरी अभियान सञ्चालन गर्न लागिएको सह सचिव सिंहले वताए ।

साे अभियान संचालनकाे लागि कांग्रेसको केन्द्रिय प्रतिनिधिको रूपमा नेपाली कांग्रेस केन्द्रिय सदस्य एवम् तराई मधेश समन्वय बिभाग प्रमुख किरण यादवलाई खटाइएकाे छ ।

नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीको अध्यक्षतामा बसेकाे बैठकले पर्साका सबै वडामा अभियान संचालन गर्ने निर्णय गरेकाे छ ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...