Date
आइत, कार्तिक १५, २०८३
Sun, November 1, 2026

पुर्व राजाको नागरिक अभिनन्दनको तयारी तिव्र

spot_img
spot_img

वीरगंज । वीरगंजमा हुन लागेको पुर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाहको नागरिक अभिनन्दन समारोह सभ्य र भव्य बनाउने तयारी तिब्र रुपमा भैरहेको आयोजक समितिले जनाएको छ ।

“श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारको स्वागत तथा नागरिक अभिनन्दन मूल समारोह समिति”का महासचिव हिरा बहादुर चन्दले मंगलबार टिभी जर्नलिस्टहरूसंगको भेटघाटमा वताए ।

भेटघाटमा नागरिक अभिनन्दन मूल समारोह समितिका अध्यक्ष नेपाली कांग्रेसका वरिष्ठ नेता एवं वरिष्ठ अधिवक्ता देवेंन्द्रलाल नेपालीले पर्सा, बारा, रौतहट, मकवानपुर लगायतका जिल्लाबाट आउने जनताको प्रत्यक्ष उपस्थिति एवं विभिन्न राजनीतिक दल, राष्ट्रवादी/हिन्दूवादी संघसंस्थाको सहभागितामा वीरगंजस्थित लाल बंगला परिसरमा राजा ज्ञानेन्द्रको हुने नागरिक अभिनन्दनको व्यापक रुपमा तयारीमा लागेको जानकारी दिए ।

त्यसैगरी पुर्व राजा शाहलाई देशभरिका जनताबाट ठाउ–ठाउमा गरिंदै आएको अभिनन्दन वीरगंजमा पनि हुने खबरले पर्सा लगतायत आसपास जिल्लाका सर्वसाधारण नागरिकहरू उत्साहित देखिएको प्रचार प्रसार संयोजक मानव सेवकले बताए ।

अभिनन्दन समारोहमा प्रतिनिधित्व गर्न विभिन्न उद्योगी व्यवसायीका संघसंगठन, राजनीतिक दल, संघसंस्थालगायतले हार्दिकतापूर्वक इच्छा जाहेर गरिरहेको पनि उनले वताए ।

यसैबीच राष्ट्रिय शक्ति नेपालका केन्द्रिय अध्यक्ष एवं पूर्व मन्त्री केशर बहादुर विष्ट सम्मिलित एक टोलीले मंगलवार वीरगंज स्थित नागरिक अभिनन्द समारोह स्थल लालबंगला परिसरको स्थलगत निरीक्षण गरे ।

सो अवसरमा मंच व्यवस्थापन समितिका संयोजक एवं मूल समारोह समितिका कोषाध्यक्ष राजकुमार सिंधी, नरेश बहादुर सिंह मूल समारोह समितिका महासचिव हिरा बहादुर चन्द लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...