Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

समाजवादी प्रेस संगठन पर्साको जिल्ला सम्मेलन माघ १२ गते गर्ने निर्णय

spot_img
spot_img

वीरगंज । समाजवादी प्रेस संगठन नेपाल पर्साको कार्यसमिति बैठक शनिबार वीरगंजमा सम्पन्न भएको छ ।

संगठन पर्साका अध्यक्ष मनोज पटेलको अध्यक्षतामा बसेको बैठकले यहि माघ १२ गते जिल्ला सम्मेलन गर्ने सर्वसहमतीबाट निर्णय गरेको छ ।

साथै बैठकले जिल्ला सम्मेलन तयारीको लागि संगठन पर्साका उपाध्यक्ष शम्भु कुमार सुमनको संयाेजकत्वमा ११ सदस्यीय सम्मेलन आयोजक समिती गठन गरेको छ ।

सम्मेलन आयोजक समितिको सदस्यमा प्रकृति अधिकारी, विनोद पटेल, हरिशंकर शर्मा, संताेष साह, श्याम सर्राफ, श्याम पासवान, राजु साह, सरोज पटेल, श्रवण साह लगायतका रहेका छ्न ।

यसका साथै जिल्ला सम्मेलन अघावै संगठन पर्साका सदस्यहरुको सदस्यता नविकरण र नयाँ सदस्यता वितरण ३ दिन भित्र गर्न निर्णय गरेको छ र त्यसको सम्पुर्ण जिम्मेवारी सम्मेलन आयोजक समितिका संयाेजक सुमनलाई दिने बैठकको निर्णय छ ।

यसैगरी बैठकले माघ १२ गते नै वीरगंजमा बस्ने संगठनका केन्द्रिय पदाधिकारी बैठक संगनका केन्द्रिय महासचिव राम कुमार ऎलन, केन्द्रिय सचिव वृजलाल पासवान, केन्द्रिय सदस्य रेबिन्द्र कार्की र सल्लाहकार संजय साहकाे समन्वयमा बैठक ब्यवस्थापन र स्वागत गर्ने निर्णय गरेको छ ।

वीरगंजस्थित नेपाल पाेस्ट डेलिको कार्यालयमा बसेको बैठकमा नेकपा एकीकृत समाजवादी पर्साका अध्यक्ष बालगोपाल थापा, वीरगंज महानगर अध्यक्ष मनोज चौधरी, समाजवादी प्रेस संगठन नेपाल केन्द्रिय सचिव वृजलाल पासवान, सल्लाहकार संजय साह लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...