Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

राष्ट्रिय बाणिज्य बैंकको बार्षिकोत्समा रक्तदान र स्वास्थ्य शिविर सम्पन्न

spot_img
spot_img

वीरगंज । राष्ट्रिय बाणिज्य बैंकको ५९ औं बार्षिकोत्सवको अवसरमा शुक्रबार वीरगंजमा रक्तदान तथा स्वास्थ्य शिविर सम्पन्न भएकाे छ । बैंककाे प्रादेशिक कार्यालय वीरगंजकाे आयाेजनामा रक्तदान र स्वास्थ्य शिविर सम्पन्न भएकाे हाे ।

वीरगंज आदर्शनगर स्थित बैंककाे प्रादेशिक कार्यालय परिसरमा भएकाे कार्यक्रममा ५ महिलासहित ४६ जनाले रक्तदान गरेका हुन् । कार्यक्रममा राहुल ओझा, आयुष काेइराला, अशाेक यादव, मिरा परियार, सुरेन्द्र उप्रेती, सुनिल कुमार भण्डारी, लक्ष्मि उप्रेती लगायतकाले रक्तदान गरेकाे बैंकका आलाेक कर्णले वताए ।

यसैगरी शुक्रबार नै स्वास्थ्य शिविर सम्पन्न भएकाे छ । बैंक परिसर मै भएकाे शिविरमा महिलाहरुको लागि प्रजनन स्वास्थ्य परीक्षण गरिनुकाे साथै दन्त परीक्षण शिविर सम्पन्न भएको हाे ।

स्वास्थ्य शिविरमा स्त्री रोग विशेषज्ञ डाक्टर एलिसा दास, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर नविन कुमार सिंह, फिजिसियन डा. रविरञ्जन साहले स्वास्थ्य परीक्षण गरेका थिए ।

त्यस्तै किरण आँखा अस्पतालको सहयोगमा आँखा शिविर र साहारा डेण्टल क्लिनिकको सहयोगमा आयोजित दाँत परीक्षण शिविरमा एक सय जनाको आँखा र दाँत परीक्षण गरिएको बैंकका आलोक कर्णले जानकारी दिए ।

राष्ट्रिय बाणिज्य बैंक मधेस प्रादेशिक कार्यालय वीरगंजका प्रमुख कमलेश ठाकुर र उपप्रमुख सन्ध्या सिंहको लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...