Date
आइत, कार्तिक १५, २०८३
Sun, November 1, 2026

पुर्व राजा शाहको गढीमाई मन्दिर परिसरमा भव्य स्वागत

spot_img
spot_img

वीरगंज । बाराकाे बरियारपुर स्थित गढीमाई मन्दिरमा पूजा गर्न पुगेका पुर्व राजा ज्ञानेन्द्र विर विक्रम शाहलाई स्थानीयहरूले भव्य स्वागत गरेका छन् ।

मध्य तराईको पर्सा, बारा, रौतहट र सर्लाही जिल्लाको धार्मिक भ्रमणमा रहेका पुर्व राजा शाह विहिबार गढीमाई मन्दिरमा पूजा गर्न जांदा स्वागत तथा नागरिक अभिनन्दन मूल समारोह समितिको अगुवाईमा राष्ट्रिय झण्डा सहित आएका सर्वसाधारणहरूले भव्य स्वागत गरेका हुन् ।

मधेश प्रदेशका विभिन्न जिल्लामा सर्वसाधारण नागरिकसंग भेटघाट एवं धार्मिक भ्रमणकालागि पौष २३ गते सिमरा आइपुगेपछि पौष २८ गते सर्लाही जिल्ला बरहथवा स्थित मुक्तेश्वर महादेव मन्दिर, माघ २ गते रौतहट जिल्ला शिवनगर स्थित शिव मन्दिर पछि बिहीबार बारा जिल्ला स्थित गढीमाई मन्दिरमा पूजा गर्न जांदा हजारौंको संख्यामा रहेका सर्वसाधारणहरुले राजा आउ देश बचाऊ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, राजा कसको जनताको जनता कसको राजाको जस्ता नारा लगाउदै पुर्व राजा शाहलाई फूल माला र पुष्पबृष्टिसहित स्वागत गरेका थिए ।

पुर्व राजा शाहको स्वागतका लागि गढीमाई मन्दिर क्षेत्रमा लगाइएका तस्वीर सहित बैनर बारा प्रशासनले हटाईदिएको स्वागत तथा नागरिक अभिनन्दन मूल समारोह समितिका प्रचार प्रसार विभाग प्रमुख मानव सेवकले जानकारी दिए ।

उनले प्रशासनले बैनर हटाएपनि शान्ति सुरक्षा एवं भीड व्यवस्थापनमा भने बारा प्रशासनले कुशलता प्रदर्शन गरेको बताए ।

पुर्व राजा शाहको माघ ७ गते हेटौडा स्थित मन्दिर र गुम्बामा पुजा अर्चना गर्ने र माघ १३ गते शनिवारका दिन वीरगंज स्थित लाल बंगला परिसरमा नागरिक अभिनन्दन गरिने कार्यक्रम निर्धारण भएको समितिका महासचिव हिरा बहादुर चन्दले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...