Date
आइत, कार्तिक १५, २०८३
Sun, November 1, 2026

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आराेपमा एक युवक पक्राउ

spot_img
spot_img

वीरगंज । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आराेपमा बारा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ । फरार आरोपित महागढीमाई नगरपालिका-५ बगडमपुरका २४ वर्षीय विकाश जयसवाललाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

आरोपितले पीडितलाई ०७९ भदौ २० गते विवाह गर्छु भनी फकाई फुल्याई भारतको दिल्ली लगि डेरा काेठामा बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित विरुद्ध  पुस २४ गते जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी दधिराम न्यौपानेका अनुसार पीडितको स्वास्थय परीक्षण ०७९ पुस २४ गते प्रदेशिक अस्पताल कलैयामा भएको थियो । उजुरी पश्चात आरोपित फरार रहेका थिए । 

महिलालाई बलात्कार प्रयास

यसै बिच सर्लाहीमा ३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले कौडेना गाउँपालिका–७ सक्रौलका ३१ वर्षीय दिपा भन्ने दिपलाल यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिएका छन् ।

आरोपितले पीडितलाई पुस १९ गते पीडितकै घरमा आई बलात्कार प्रयास गरेको पीडितको आरोप रहेको छ । पीडितको स्वास्थ्य परीक्षण माघ २ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको छ ।

घटनाको उजुरी पश्चात आरोपित यादव फरार रहेकोले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...