Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

समाजवादी प्रेस संगठन पर्साकाे सम्मेलन माघ मसान्त भित्र गर्ने जिम्मेवारी अध्यक्ष पटेललाई

spot_img
spot_img

वीरगंज । समाजवादी प्रेस संगठन पर्साकाे जिल्ला सम्मेलन गर्ने जिम्मेवारी संगठनले केन्द्रिय सदस्य एवम् जिल्ला अध्यक्ष मनाेज पटेललाई दिएकाे छ ।

संगठनका मधेश प्रदेश अध्यक्ष प्रविण साहले एक प्रेस विज्ञप्ती जारी गर्दै महाधिवेशनपछि संगठनको कामकाज सुस्त देखएिकाले २०८० माघ मसान्तभित्र जिल्ला सम्मेलन गरी नयाँ जिल्ला कार्यसमिति समेत गठन गर्ने गरि केन्द्रीय सदस्य तथा पर्सा अध्यक्ष मनोज पटेललाई जिम्मेवारी दिइएको जानकारी गराएका छन् ।

विज्ञप्तीमा स्थापनापछिको केही समयदेखि नै प्रेस संगठन नेपाल, पर्सा समितिमा देखिएको विवाद मिलाउन पटक-पटकक प्रयास गरिएको हो । केन्द्रीय समिति र नेकपा एकीकृत समाजवादी पार्टी पर्सा समितिको पहल र समन्वय पनि भएको हो । तर केही असन्तुष्ट साथीहरुले पार्टी र संगठनको समन्वयलाई पनि लत्याउने काम भइरह्यो उल्लेख गरिएकाे छ ।

साथै विज्ञप्ती मार्फत पर्सा पार्टी अध्यक्षको हस्ताक्षर भएको माइन्युटमा अनावश्यक विषयवस्तु उचाल्ने काम भएकाे जनाइएकाे छ । साे विज्ञप्ती समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय अध्यक्ष एवम् नेकपा एकीकृत समाजवादी पर्सा अध्यक्षलाई पनि वाेद्धार्थ गरिएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...