Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

स्व. गोपाल गिरी पत्रकारिता पुरस्कार बृजलाल पासवालाई प्रदान गरिने

spot_img
spot_img

वीरगंज । यस वर्षको स्वर्गीय गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार बृजलाल पासवाने पाउने भएका छन् । नेपाल पत्रकार महासंघको सोमबार बसेको कार्यसमिति बैठकले राष्ट्रिय सहारा दैनिकका सम्पादक पासवानलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हाे ।

पासवान समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सचिव एवम् राष्ट्रिय दलित पत्रकार संघ पर्साका सल्लाहकार पनि हुन् । 

महासंघ पर्साका अध्यक्ष अनुप तिवारीकाे अध्यक्षतामा पत्रकार महासंघको सभाकक्षमा बसेको बैठकमा उपाध्यक्ष सुष्मा शर्मा, सचिव भुषण यादव, कोषाध्यक्ष सञ्जिव मिश्रा लगायत कार्य समिति सदस्यहरुको उपस्थिती रहेको थियो ।

यो पुरस्कार आगामी माघ १ गते औपचारिक कार्यक्रमका बीच प्रदान गरिनेछ । 

गिरी २०४७ सालमा पत्रकार महासंघ पर्सा शाखाको अध्यक्ष थिए । तत्कालिन वीरगंज उपमहानगरको मनोनित मेयर रहँदा २०६० साल माघ १ गते तत्कालिन माओवादीले गोपाल गिरीको हत्या गरेको थियो । उनै गिरीको सम्झनामा नेपाल पत्रकार महासंघ पर्साले यो पुरस्कार वितरण गर्दै आएको छ ।  गोपाल गिरीका परिवारसँगको सहकार्यमा स्थापीत पुरस्कारको राशी अहिले २५ हजार रुपैयाँ छ ।

यो पुरस्कारबाट यसअघि शत्रुघन नेपाल, ध्रुब साह, प्रताप श्रेष्ठ, महेशचन्द्र गौतम, बिजय भण्डारी, केसी लामिछाने, श्याम बन्जारा, ओमप्रकाश खनाल, कन्हैयालाल केशरी र गया यादव पुरस्कृत भइसकेका छन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...