Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

पटेर्वा सुगौलीमा एक वृद्ध मृत फेला

spot_img
spot_img
वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा शनिबार एक जना वृद्ध मृत भेटिएका छन् ।
 
पटेर्वा सुगाैली गाउँपालिकाको वडा नं. ५ मनिअर्वास्थित हुलाकी सडक छेउमा रहेकाे खाली गाई फर्ममा झुण्डिएकाे अवस्थामा एक वृद्ध मृत फेला परेकाे प्रहरीले जनाएकाे छ ।
 
प्रहरीका अनुसार वीरगंज महानगरपालिकाकाे वडा नं. १६ मिथिला नगरका ६० बर्षिय पुरुषोत्तम क्षेत्री मृत अवस्थामा फेला परेका हुन् । 
 
स्थानियले उनलाई झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएलगत्तै ईलाका प्रहरी कार्यालय कार्यालय पटेर्वासुगौलीका प्रहरी निरिक्षक रामराजा केसरी नेतृत्वमा खटिएको टोली घटनास्थल पुगेको थियो ।
 
शवको मुचुल्का तयार पारी पोष्टमार्टमका लागि वीरगंजकाे नारायणी अस्पताल पठाइएको प्रहरी निरिक्षक केसरीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भईरहेको उनले वताए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...