Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

संविधान २०४७ लागु गर्न शान्तिपुर्ण आन्दोलन : नेपाली

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेसका नेता एवं वरिष्ठ अधिवक्ता देवेन्द्रलाल नेपालीले संविधान २०४७ लागु गर्न हुने शान्तिपुर्ण आन्दोलनमा सहभागी हुन अहृवान गरेका छन् ।

स्व. राजा विरेन्द्रको ७९ औं जन्मजयन्तीको अवसरमा वीरगंज महानगरपालिका वडा नं. १५ प्रतिमा चोक स्थित स्व. राजा विरेन्द्रको शालिक अगाडि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालीले यस्तो अहृवान गरेका हुन् ।

उनले शान्तिपुर्ण एवं अहिंसक आन्दोलनबाट संविधान २०७२ को विस्थापन र संविधान २०४७ को पुनः स्थापना हुनु पर्ने बताउँदै निकट भविष्यमै हुने आन्दोलनमा सम्पुर्ण नेपाली जनताका साथै नेपाली सेना र प्रहरीलाई सहयोग गर्न आग्रह गरे ।

उनले मेलमिलापको निति अनुरुप राजसंस्था र राजनितिक दलहरु मिल्नुको विकल्प नरहेको बताउँदै मुलुकको वर्तमान जरजर अवस्थाबाट निकासका लागी संविधान २०४७ अपरिहार्य भएको बताए ।

यही पुस महिनाको अन्त्य तिर वीरगंजमा हुने पुर्व राजाको नागरिक अभिनन्दन मुल समितिका संयोजक समेत रहेका नेपालीले तत्कालिन राजा विरेन्द्र र राजनितिक दलहरुले मिलेर बनाएको संविधान २०४७ पुनः स्थापित गर्नु छ र मुलुकलाई शान्ति क्षेत्र बनाउनु छ भने ।

त्यसै गरी कार्यक्रममा भुपु शिक्षा मन्त्री रामचन्द्र कुशवाहाले पनि संविधान २०७२ को वहिर्गमन अनिवार्य भएको बताए । उनले संविधान २०७२ को वहिर्गमन र संविधान २०४७ को पुनःस्थापनाको लागी हुने आन्दोलनमा सहभागी हुन सम्पुर्ण नेपाली जनतामा अहृवान गरे ।

वर्तमान संविधानले मुलुकको हित नहुने भएकाले आफु पनि संविधान २०४७ पुनःस्थापना हुनु पर्ने बाटो तर्फ अग्रसर भएको बताए ।

जेष्ठ नागरिक संघका संस्थापक एवं समाजसेवी पशुपति विक्रम शाहको सभापतित्वमा भएकाे कार्यक्रममा राष्ट्रिय नागरिक संघर्ष समितिका केन्द्रिय प्रवक्ता हिराबहादुर चन्दले संचालन गरेका थिए ।

कार्यक्रममा पुस महिनाको अन्त्य तिर वीरगंजमा हुने पुर्व राजाको नागरिक अभिनन्दन मुल समितिका प्रचार विभाग प्रमुख मानव सेवक, राष्ट्रवाद संघका अध्यक्ष जनकलाल साह, नागरिक सरोकार मञ्चका नन्दकिशोर गोयल, नेपाल विद्वत परिषदका रामनारायण साह, राष्ट्रिय नागरिक संघर्ष समिति सत्तार अन्सारी, विरेन्द्र थापा, अनु राणा, असर्फि साह, विश्व हिन्दु महासंघका पृथ्वी झा, अजय साह लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...