Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

अवैध रुपले बालुवा उत्खनन गर्ने ५ वटा ट्याक्टर पक्राउ

spot_img
spot_img

वीरगंज । प्रहरीले खोलाबाट अवैध रुपले बालुवा उत्खनन गरी चोरी निकासी गरिरहेकाे अवस्थामा बिहिबार पर्साकाे पर्सागढी नगरपालिकाबाट ५ वटा ट्याकटर नियन्त्रणमा लिएको छ ।

पर्सागढी नगरपालिका–३ स्थित भेडाहा खोलाबाट अवैध रूपले बालुवा उत्खनन भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीकाे निर्देशनमा खटिएकाे प्रहरीले ५ वटा ट्याक्टर नियन्त्रणमा लिएकाे हाे ।

प्रहरी चौकी मिलन चौकबाट खटिएको टोलिले बिहिबार विहान ०७ बजे ना ७ त ४२०५, ना ७ त ७०३, ना ६ त ७६५५, ना ७ त १२९६ र ना ७ त १२९६ टयाक्टर नियन्त्रणमा लिएकाे प्रहरी निरिक्षक केशरीले जानकारी दिए ।

उक्त ट्याक्टरहरु प्रहरी चाैकी मिलन चाैक मै राखेर थप अनुसन्धान भइरहेकाे उनले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...