Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

मन्त्रीले बनाए किशोरीहरूलाई साथी

spot_img
spot_img

वीरगंज । मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बिरेन्द्र प्रसाद सिंहले प्रदेशलाई किशोरीमैत्री बनाउने योजनाका साथ यहाँका किशोरीहरूलाई साथी बनाएका छन् ।

मधेश प्रदेशको पर्सा जिल्लास्थित पर्सागढी नगरपालिकामा ‘म बालिका हो, दुलही होइन’ अभियानमा सम्बद्ध सामुदायिक विद्यालयका छात्राहरुले मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बिरेन्द्र प्रसाद सिंहलाई भेटेर साथी बन्न आव्हान गरेपछी मन्त्री सिंहले उनीहरूको प्रस्ताव स्विकार गरेका हुन् ।

यहाँका ११० जना किशोरीहरूले भिजन क्लब गठन गरेर विद्यालय स्तरमा महिनावारी स्वच्छता, यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार, बाल विवाह न्यूनिकरण, बाल सहभागिता जस्ता विषयमा छलफल चलाउँदै आएका छन् ।

एकीकृत ग्रामीण स्वास्थ्य विकास तालिम केन्द्रले पर्सागढीका किशोरीहरूलाई चेतनासँगै क्षमता विकासका लागि विभिन्न अभिमुखिकरण कार्यक्रम संचालन् गर्दै आइरहेको छ ।

किशोरीहरूले मात्र यस विषयमा बोलेर आफ्नो नगर र समग्र प्रदेश किशोरीमैत्री नहुने भन्दै यसका लागि जनप्रतिनिधि सहित सरोकारवाला निकायका प्रतिनिधि सबैलाई साथी बनाएर एकीकृत पहलकदमी लिन यो उपाय अपनाइएको भिजन क्लबकी लिडर मधु यादवले बताइन् ।

यसै योजना अन्तर्गत मन्त्री सिंहसँग पनि किशोरीहरुले साथीको साइनो गाँसेका हुन् ।

किशोरीहरूसँग साथी बन्ने कार्यक्रमका क्रममा बोल्दै मन्त्री सिंहले मधेस प्रदेशमा बालिका तथा किशोरीहरूले भोग्नुपर्ने सामाजिक, मानसिक साथै यौन तथा प्रजनन स्वास्थ्यका समस्याहरुलाई निराकरण गर्न आफू लागि पर्ने बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...

कटहरियामा पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणीको प्रयास

रौतहट । रौतहटको कटहरियामा पाँच वर्षीया बालिकालाई फकाएर सुनसान स्थानमा लगेर जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा स्कुल बसका सहचालकविरुद्ध मुद्दा दर्ता भएको छ। कटहरिया नगरपालिका–५...

नेपाललाई मेडिकल हब बनाउन निजी मेडिकल कलेज संघको सातबुँदे प्रस्ताव

काठमाडौं । नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षा तथा मेडिकल टुरिजमको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न सरकारसँग तत्काल...