Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

पाेखरिया नगरपालिका अगाडी स्थानियद्वारा प्रदर्शन

spot_img
spot_img

वीरगंज । पर्साको पोखरिया नगरपालिकामा आइतबार स्थानियहरुले प्रदर्शन गरेका छन् । नगर विकास योजना अन्तर्गत राेका रहेकाे जग्गा फुकुवाकाे माग गर्दै स्थानियहरुले प्रदर्शन गरेका हुन् ।

नगर विकास याेजनामा मेयर प्रदुमन चौहानले मनमौजी गरेको आरोप लगाउँदै स्थानीयहरूले पाेखरिया बजारमा विराेध जुलुश निकाल्नुकाे साथै नगरपालिका अगाडि टायर बालेर प्रदर्शन गरेका छन् ।

नगर विकास याेजनाकाे नाममा ४० बर्षदेखि राेक्का रहेकाे जग्गा फुकुवा माग गर्दै प्रदर्शन गरिएकाे स्थानिय भाेला कुमार गुप्ताले वताए ।

नगर विकासकाे नाममा लामाे समयदेखि जग्गा राेका भएका कारण कुनै पनि काम गर्न नसकिएकाे गुनासाे उनले गरे । उनका अनुसार पाेखरिया बजार आसपासका ५८ विग्गाहा जग्गा नगर विकास याेजनाकाे नामा राेक्का छ । जस कारण आफ्नै जग्गा ना कसैले बिक्री गर्न पाएका छन्, न कर्जा नै लिन पाएका छन् । 

नगर विकास याेजना अन्तर्गतका जग्गा ७० प्रतिशत जग्गा धनीले र ३० प्रतिशत याेजनाकाे लागि दिने सहमती भएपनि त्यस अनुसार लागु नभएका कारण विराेध प्रदर्शनमा उत्रनु पर्ने उनले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...