Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

पोखरिया नगरपालिका कार्यालय मै दलित महिलामाथि बलात्कार प्रयास

spot_img
spot_img

वीरगंज । पर्साको पोखरिया नगरपालिका कार्यालयमा शुक्रबार राति एक दलित महिलामाथि बलात्कारकाे प्रयास भएकाे छ । नगरपालिका कार्यालयमा कार्यरत सरसफाइ कर्मचारीका २२ बर्षिय श्रीमतीमाथि बलात्कारको प्रयास भएको प्रहरीले जनाएकाे छ ।

सरसफाइ शाखाका नाइके २५ बर्षिय रामबली हजराले सरसफाई कर्मचारीकी श्रीमतीमाथि बलात्कारको प्रयास गरेको उजरी आएकाे इलाका प्रहरी कार्यालय पाेखरियाले जनाएकाे छ । नाइके हजराले राती साढे ९ बजे नगरपालिकाको कार्यालयमा बोलाएर बलात्कारको प्रयास गरेको पीडित महिलाको आफ्न्तले जनाएका छन् ।

नगरपालिकामा कार्यरत सरसफाई कर्मचारी श्रीमान् बाहिर रहेकाे बेला श्रीमतीलाई बाेलाइएकाे थियाे । उनलाई सरसफाई शाखा कै कर्मचारीले फाेन गरेर रातिकाे समयमा नगरपालिकामा बाेलाएका थिए । नगरपालिकामा नआए तिम्राे श्रीमानकाे जागिर जाने भनिएपछि पिडित महिला कार्यालय पुगेकी थिइन ।

साेही माेकामा उनीमाथि सरसफाई कर्मचारीका नाइकेबाट कार्यालय भित्र बलात्कारकाे प्रयास भएकाे हाे । 

नगरपालिकाका सरसफाई शाखा प्रमुख विनाेद पाण्डेले घटना बारे अनुसन्धान गर्न छानविन समिति गठन भइरहेकाे वताए । साे समितिले घटनाको सत्य तथ्य पत्ता लगाउने वताउँदै उनले समितिले दिएको प्रतिवेदनको आधारमा के गर्ने भन्ने कुराको निष्कर्षमा पुग्ने वताए ।

पीडित महिला र उनको श्रीमानले इलाका प्रहरी कार्यालय पोखरियामा उजरी दिएका छन् । पिडितले बलात्कार प्रयासकाे उजरी दिएकाे ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी नीरिक्षक मोहन बिक्रम केसीले वताए ।

प्रहरि निरिक्षक केसीले भने “बलात्कार प्रयासकाे उजरी आएपछि पिडितकाे स्वास्थ्य परिक्षणकाे लागि वीरगंजस्थित नारायणी अस्पतालमा पठाइएकाे छ, घटना बारे थप अनुसन्धान भइरहेकाे छ ।”

 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...