Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

मानव अधिकार सम्बन्धि पत्रकारिता तालिम सम्पन्न

spot_img
spot_img

वीरगंज । मानव बेचबिखन र मानव अधिकार सम्बन्धी रिपोर्टिङमा मल्टिमिडिया प्रविधिको प्रयोग विषयक ३ दिने तालिम बिहिबार जनकपुरमा सम्पन्न भएकाे छ । 

अस्ट्रेलियन एडको सहयोगमा नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्क (निमजन) ले संचालन गरेकाे पत्रकारहरूलाई मानव बेचबिखन र मानव अधिकारका मुद्दाहरुको रिपोर्टिङमा सशक्त बनाउने कार्यक्रम अन्तर्गत तालिम सम्पन्न भएकाे हाे । 

पत्रकारहरूलाई खाेजमूलक मल्टिमिडिया स्टोरी उत्पादन गर्नका लागि खाेजमूलक मल्टिमिडिया रिपोर्टिङ प्रशिक्षण तथा मेन्टरसिपको सहायता प्रदान गर्ने उद्देश्यले आयाेजना गरिएकाे तालिम उपलब्धि मूलक रहेकाे तालिममा सहभागि पत्रकारहरुले वताए ।

तालिममा मानव बेचविखन तथा मानवअधिकार सम्बन्धि खाेजमुलक रिपाेर्टिङ गर्दा ध्यान दिनु पर्ने कुराहरु, अपनाउनी पर्ने सावधानीहरु र अनलाइन टुलसहरुकाे प्रयाेग बारे जानकारी प्राप्त भएकाे बाराकी निलिसा बरालले वताइन ।

तालिमबाट मानव तस्करी र मानव बेचबिखन बारे जानकारी पाउनुकाे साथै कानुनी प्रावधानहरुकाे बारेमा पनि जानकारी प्राप्त भएकाे पर्साका सुर्या सुभचिन्तकले वताए ।

तालिममा निमजनका रजनिश भण्डारी, दिनेश रेग्मी, उज्जवल शाक्य, विजिता भण्डारी, कल्पना भट्टराई,  शान्ति पुनस्थापना गृह जनकपुरकी कार्यक्रम संयाेजक रिना झा, अधिवक्ता रिंकु कुमारी यादव लगायतले प्रशिक्षण दिएका थिए । 

जनकपुरकाे सितासरण हाेटलमा भएकाे तालिममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य ललिता साह, मधेश प्रदेशकी उपाध्यक्ष ज्याेति झासहित मधेश प्रदेशका विभिन्न जिल्लाका २० जना पत्रकारहरुकाे सहभागिता रहेकाे थियाे । 

तालिमका सहभागिहरु मध्ये दुई जना पत्रकारलाई खाेजमुलक स्टाेरी गर्नकाे लागि फेलाेसिप पनि प्रदान गरिने आयाेजक निमजनले जनाएकाे छ । त्यसकाे लागि पनि इच्छुकले अनलाइन फर्म भर्नु पर्ने र फर्म भरेकाहरु मध्ये संस्थाले दुई जनालाई छनाैट गरि रु ३० हजारकाे दरले फेलाेसिम प्रदान गर्ने छ ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...

कटहरियामा पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणीको प्रयास

रौतहट । रौतहटको कटहरियामा पाँच वर्षीया बालिकालाई फकाएर सुनसान स्थानमा लगेर जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा स्कुल बसका सहचालकविरुद्ध मुद्दा दर्ता भएको छ। कटहरिया नगरपालिका–५...

नेपाललाई मेडिकल हब बनाउन निजी मेडिकल कलेज संघको सातबुँदे प्रस्ताव

काठमाडौं । नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षा तथा मेडिकल टुरिजमको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न सरकारसँग तत्काल...