Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

पांचाै मेयर कप : कालिकामाई गाउँपालिका विजयी

spot_img
spot_img
वीरगंज । पोखरिया नगरपालिकामा जारि पांचाै मेयर कप २०८० क्रिकेट प्रतियाेगिता अन्तर्गत साेमबार भएकाे दाेस्राे खेलमा बहुदरमाई नगरपालिकालाई १४ रनले हराउँदै कालिकामाई गाउँपालिका विजयी भएकाे छ ।
 
सुरुमा टस जितेर ब्याटिङ गरेकाे कालिकामाईले पुरै २० ओभर खेल्दै ८ विकेटकाे नाेक्सानीमा १७७ रन बनाएकाे थियाे । त्यसपछि १७८ रनकाे लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेकाे बहुदरमाईले १८.३ ओभर खेल्दै पुरै विकेट गुमाउँदै १६३ रन मै समेटिएपछि कालिकामाई विजयी भएकाे कालिकामाईका क्रिकेट खेलाडी याेगराज शर्माले जानकारी दिए । 
 
पाेखरिया नगरपालिका वडा नं. ६ काे आयाेजनामा पाेखरियास्थित शेरा फिल्डमा भइरहेकाे प्रतियाेगिता अन्तर्गतकाे साेमबारकाे खेल हेर्न कालिकामाई गाउँपालिकाका अध्यक्ष बिशिष्ट कुमार गुप्ता पनि पुगेका थिए ।
 
उनले गाउँपालिकाकाे तर्फबाट कालिकामाईका खेलाडीहरुलाई जर्सी समेत वितरण गरेका थिए ।
 

८ वटा टिमकाे सहभागिता रहेकाे प्रतियाेगिताकाे विजेता टिमले रु एक लाख र उप विजेता टिमले रु ५० हजार पुरस्कार पाउने आयाेजकले जनाएकाे छ । 

मंगलबार तेस्राे खेला जगरनाथपुर गाउँपालिका र धाेबिनी गाउँपालिका बिच हुने छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...