Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

अध्यक्ष प्रभु साहद्वारा मधेश प्रदेशका विभिन्न आयोजनाको अनुगमन

spot_img
spot_img

वीरगञ्ज । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले विभिन्न आयोजनाको स्थलगत अनुगमन गरेका छन् ।  

रौतहट क्षेत्र नम्बर ३ का निर्वाचित सांसद समेत रहेका साहले मधेश प्रदेशको राजधानी जनकपुरमा निर्माणाधीन शहरी पूर्वाधारका महत्वपुर्ण आयोजनाहरुको स्थलगत अनुगमन तथा निरीक्षण गरेका हुन् ।

अनुगमनका क्रममा शहरी मन्त्रालयबाट निर्माण भईरहेको जनकपुर बसपार्क, दुधमति कोरिडोर, सरस्वती माद्यामिक विद्यालयको भवन लगायतका आयोजनाहरुको कार्य प्रगति समग्रमा सन्तोषजनक रहेको पाइएको साहले बताए । 

साहले सुरु गरेको एकीकृत शहरी आयोजना अन्तर्गत झण्डै ४० किलोमीटर सड़क कालोपत्रे, ८० किलोमीटर नाला, बिभिन्न पोखरी सौन्दर्यकरण तथा मठ मन्दिर लगायतका पूर्वाधारको कामहरु सम्पन्न भएको हेर्दा सुखद अनुभूति भएको साहले बताए ।

आयोजनाहरुको समग्र भागको ठेक्का एकैपटक नहुँदा निर्माणाधीन आयोजनाहरुको भविष्य अन्यौल हुने अवस्थाप्रति उनले चिन्ता व्यक्त गरे । बसपार्कको समग्र ठेक्का ७० करोडको हुनुपर्नेमा हाल जम्मा २० करोडको मात्र ठेक्का भएको छ । 

त्यस्तै दुधमति कोरिडोरको समग्र ठेक्का १ अर्बको हुनुपर्नेमा हाल जम्मा २० करोडको मात्र ठेक्का भई निर्माण भईरहेको छ । त्यस्तै अहिले निर्माण भईरहेको आयोजनाहरुको भुक्तानी समयमा नहुँदा निर्माण कार्यमा केही अन्यौलता समेत देखिएको छ । यसमा सरकारको गम्भीर ध्यान जान जरुरी रहेको सांसद साहले बताए । 

अनुगमन तथा निरीक्षण कार्यमा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल, नेकपा (माओवादी केन्द्र) का नेता भरत साह तथा शहरी डिभीजन प्रमुख प्रदीप खनाल लगायतको उपस्थिति रहेको थियो । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...