Date
मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

रणवीर कपूरको ‘एनिमल’ को अग्रिम टिकट बुकिङ आक्रमक

अभिनेता रणवीर कपूर र रश्मिका मन्दना अभिनीत फिल्म ‘एनिमल’ मंसिर १५ गतेदेखि प्रदर्शन हुँदैछ । भारतमा फिल्मको अग्रिम बुकिङ खुला गरिएको छ ।

- Advertisement -

केही दिनअघि फिल्मको ट्रेलर सार्वजनिक गरिएको थियो । ट्रेलर सार्वजनिक भएपछि फिल्मलाई लिएर दर्शक निकै उत्साहित देखिएका छन् । दर्शकको उत्साह अग्रिम टिकट बुकिङमा पनि देखिएको छ । 

भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मको २ लाखबढी अग्रिम टिकट बुकिङ भइसकेको छ । यस फिल्मले रिलिजको चार दिनअघि नै अग्रिम टिकट बुकिङमा ७ करोड भारू कमाएको छ । योसँगै फिल्मले ४० करोडमाथि ओपनिङ गर्ने फिल्मकर्मीको अपेक्षा छ । 

सन्दिप रेड्डी वांगाले निर्देशन गरेको फिल्ममा रणवीर कपूर, रश्मिका मन्दना, बबी देओल, अनिल कपूरको मुख्य भूमिका छ । फिल्ममा अनिल रणवीरको बाबुको भूमिकामा छन् भने रश्मिका उनको श्रीमतीको भूमिकामा देखिएका छन् । 

भुषण कुमार, प्रणय रेड्डी, मुरद खेतानी र कृष्ण कुमारले लगानी गरेको फिल्मको कथा निर्देशक सन्दिपले नै लेखेका हुन् । यो फिल्म हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नड गरी पाँच भाषामा प्रदर्शन हुँदैछ ।

ताजा अपडेट

थप समाचार

जलवायु परिवर्तनको असर : वीरगंजमा पानीको हाहाकार

वीरगंज । जलवायु परिवर्तनका असरहरू स्पष्ट देखिन थालेका छन् । खडेरीको चपेटामा परेको तराई–मधेसका पर्सा, बारा, रौतहट लगायतका जिल्लामा हाल गम्भीर खानेपानी अभाव सिर्जना...

धोनीकाे जन्मदिनकाे अवसरमा वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न

वीरगंज । विश्वप्रसिद्ध क्रिकेट खेलाडी महेन्द्र सिंह धोनीको जन्मदिनको अवसरमा एमएस धोनी फ्यान क्लब वीरगंजले विभिन्न सामाजिक गतिविधिहरू गरी जन्मोत्सव मनाएको छ। सोमबार क्लबको संयोजनमा...

रौतहट बमकाण्डमा घाइते गौरीशंकरको गुनासो : “शरीर जलेको छ, न्याय पनि जलेको छ”

वीरगंज । रौतहटको राजपुर फरहदवामा करिब १३ वर्षअघि भएको बम विस्फोटमा गम्भीर घाइते भएका प्रत्यक्षदर्शी गौरीशंकर राम चमारको पीडा फेरि सार्वजनिक भएको छ। नेपाली...