Date
आइत, कार्तिक १५, २०८३
Sun, November 1, 2026

सर्लाहीमा दुई बालिका बलात्कृत

spot_img
spot_img

वीरगंज । मधेश प्रदेशकाे सर्लाहीमा दुईटा बालिकाकाे बलात्कार भएकाे भन्दै प्रहरी कार्यालयमा उजरी परेकाे छ ।

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हरिवन नगरपालिका–३ का २८ वर्षीय श्याम कुमार यादवविरुद्ध इलाका प्रहरी कार्यालय हरिवनमा मंसिर ११ गते पीडित पक्षले उजुरी दिएका छन् ।

पीडितलाई आरोपितले मङ्सिर ७ गते बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय हरिवनमा उजुरी दिएको पीडित पक्षले बताएकाे छ ।

घटनापछि आरोपित यादव फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय हरिवनका इन्स्पेक्टर अनिलराज गिरीले जानकारी दिए । पीडितको स्वास्थ्य परीक्षण मङ्सिर १२ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएकाे छ ।

यसैगरी १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हरिपुर नगरपालिका–४ का २५ वर्षीय दिपेन्द्र कुमार महतोविरुद्ध इलाका प्रहरी कार्यालय हरिपुरमा मङ्सिर १२ गते पीडित पक्षले उजुरी दिएका छन् ।

पीडित बालिकालाई आरोपितले मङ्सिर ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालयमा उजुरी दिएको जनाएकाे छ ।

घटनापछि आरोपित महतो फरार रहेकोले खोज तलास भइरहेको इलाका प्रहरी कार्यालय हरिपुरका सई सुवाश यादवले जानकारी दिए । पीडितको स्वास्थ्य परीक्षण मङ्सिर १२ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...