Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा २ वर्ष कैद

spot_img
spot_img

वीरगंज । मधेश प्रदेशकाे सप्तरीमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा रुपनी गाउँपालिका–५ बसविट्टीका २० वर्षीय भगवती यादवलाई साढे २ वर्ष कैद सजाय भएको छ ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासले आरोपितलाई कसुरदार ठहर गर्दै कैद सजाय गर्नुका साथै २५ हजार रुपियाँ जरिवाना गर्ने, ३० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति तिराउने र १ हजार रुपियाँ फौजदारी कसुर पीडित राहत कोषमा जम्मा गराउने फैसला गरेको छ । बकपत्र गर्न नआएकोमा अदालतले पीडितलाई ७ दिन कैद सजाय समेत गरेको छ ।

बालिकालाई ०७६ वैशाख २१ गते राति आरोपितले बलात्कार गरेको भन्दै पीडितकी फुपुले जिल्ला प्रहरी कार्यालयमा वैशाख २२ गते उजुरी दिएका थिए । भारत घर भएकी पीडित बालिका फुपुको घरमा बस्दै आएकी थिइन् । बलात्कारको घटना थाहा पाएपछि बालिकाको फुपाजुका बुबाले आरोपितलाई नियन्त्रणमा लिई राती बाँधेर राखेका थिए ।

वैशाख २२ गते बसेको गाउँलेहरुको भेलाले आरोपितलाई मुक्त गराएपछि उनी फरार भए । पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा बैशाख २२ गते स्वास्थ्य परिक्षण भएको थियो । जिल्ला प्रहरी कार्यालयले ०७६ वैशाख २३ गते उजुरी दर्ता गर्‍यो । जिल्ला प्रहरी कार्यालयले ०७७ वैशाख १६ गते अदालतमा अभियोग पत्र दर्ता गरेको थियो । जिल्ला न्यायाधीश श्यामबिहारी मौर्यको इजलासको आदेशमा ०८० वैशाख १९ गतेदेखि आरोपित पुर्पक्षका लागि थुनामा छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशको शिक्षा सुधारबारे शिक्षा मन्त्रीसँग आम विद्यार्थी मोर्चाका पाँच खुला प्रश्न

वीरगंज । आम विद्यार्थी मोर्चाले मधेशका विद्यालयमा देखिएका शैक्षिक तथा भौतिक समस्याबारे शिक्षा मन्त्री सुस्मित पोखरेलसँग पाँचवटा खुला प्रश्न गर्दै तत्काल सुधारका लागि ठोस...

सुखचैनाको विद्यालयलाई मनोज ग्यासको १ लाख ४४ हजार सहयोग, स्वास्थ्य चौकीलाई दुई थान एसी

वीरगंज । वीरगंज महानगरपालिका–२१ सुखचैनास्थित श्री नेपाल राष्ट्रिय गीता गजेन्द्र जोशी माध्यमिक विद्यालयमा शिक्षक व्यवस्थापनका लागि मनोज ग्यास प्रालिले १ लाख ४४ हजार रुपैयाँ...

पर्साका प्रहरीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य सचेतना

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा प्रहरी अधिकृत तथा कर्मचारीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ...