Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

पटेर्वा सुगाैलीमा ३ सय जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीकाे आयाेजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

अन्तराष्ट्रिय महिला हिसाँ अन्त्य दिवसको अवसरमा भएकाे कार्यक्रममा १२ महिलासहित ३ सय जनाले रगत दान गरेको रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।

ग्रामीण क्षेत्रमा रक्तदान सम्बन्धी सचेतना बढाउनुको साथै रगत उपलब्धतालाई सहज बनाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको इलाका प्रहरी कार्यालयका पटेर्वासुगौलीका प्रमुख एवम् प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामराजा केशरीले बताए ।

इलाका प्रहरी कार्यालयका पटेर्वासुगौली मै भएकाे कार्यक्रमको उद्घाटन जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कोमल विक्रम शाहले रक्तदातालाई रगतको पोका दिएर गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...