Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

छठ पर्वकाे अवसरमा कालिकामाईमा रक्तदान कार्यक्रम

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. १ टिनडाेवियामा आज रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । दिपावली तथा छठ पर्वकाे अवसरमा टिनडाेविया युवा क्लबले आयाेजना गरेकाे कार्यक्रममा २३ जनाले रक्तदान गरेका छन् ।

श्री नेरा आधारभुत विद्यालय टिनडाेवियामा भएकाे कार्यक्रमकाे शुभारम्भ रक्तदान गरेर कालिकामाई गाउँपालिका १ का वडाध्यक्ष लालबाबु प्रसाद बरैले गरेका थिए ।

साे कार्यक्रममा राजन पटेल, भरत साह, रामबहादुर पटेल, ललन पटेल, कृष्णा पटेल, राजु राउत कुर्मी, विनय पटेल, विजय प्रसाद चाैरसिया, उपेन्द्र कुमार साह, दिपक कुमार साह, शैलेन्द्र कुमार त्रिपाठी, उमेश प्रसाद चाैहान, संजय प्रसाद, सुभाष पटेल, असरफी राउत गद्दी लगायतकाले रक्तदान गरेका हुन् ।

क्लबका अध्यक्ष कृष्णा पटेलकाे अध्यक्षतामा भएकाे कार्यक्रममा दिव्य विकास स्राेत केन्द्र बिरन्चीबर्वाका अध्यक्ष उमेश चाैहान, रक्त संचार केन्द्रका प्रमुख साैरभ राज पाण्डे, कालिका टाईम्सका सम्पादक शम्भु कुमार सुमन, इलाका प्रहरी कार्यालय कालिकामाईका प्रमुख प्रहरी सहायक निरिक्षक विनाेद कुमार राउत लगायतले मन्तव्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...