Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

प्रथम वीरगंज गोल्डकप फुटबलको उपाधी पुलिसलाई

spot_img
spot_img

वीरगंज । त्रिभुवन आर्मी क्लबलाई स्तब्ध पार्दै नेपाल पुलिस क्लबले प्रथम वीरगंज गोल्डकपको उपाधी उचालेको छ ।

वीरगंजस्थित आदर्शनगर रंगशालामा शनिबार भएको फाइनल खेलमा आर्मीलाई टाइब्रेकरमा २-० ले पराजित गर्दै पुलिसले उपाधी उचालेको हो ।

प्रतिस्पर्धात्मक विभागीय फाइनल भिडन्तको निर्धारित समयमा दुबै टिमले गोलरहित बराबरी खेलेपछी नतिजा टाइब्रेकरबाट निकालिएको हो । टाइब्रेकरमा आर्मीका चार खेलाडीको प्रहार फितलो बन्न पुग्दा पुलिसले सिजनकै पहिलो उपाधी उचाल्न सफल भएको हो ।

टाइब्रेकरमा पुलिसका लागि रामचन्द्र वाजी र बुद्ध तामाङले गोल गर्दा हुचोल राईको प्रहार आर्मीका गोलरक्षक विकेश कुथुले बचाउ गरे । यता आर्मीका कप्तान नवयुग श्रेष्ठ, बिमल पाण्डे, सन्तोष केसी र जितेन्द्र कार्कीको प्रहारले जाली चुम्न सकेन ।

कप्तान श्रेष्ठको प्रहार पोस्ट नजिकैबाट बाहिरिन पुग्दा कार्कीको प्रहार पोस्टमा ठोक्किन पुगेको थियो । यसैगरी पाण्डे र केसीको प्रहारलाई बिफल तुल्याउदै पुलिसका गोलरक्षक शत्रुधन चौधरीले टिमलाई उपाधी दिलाए ।

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले उपाधी विजेता पुलिस क्लबलाई रु ११ लाख ११ हजार एक सय ११ र ट्रफी प्रदान गरे ।

वीरगंज महानगरपालिकाका कै उपमेयर ईम्तियाज आलमले उपविजेता आर्मी क्लबलाई रु ५ लाख ५५ हजार ५ सय ५५ प्रदान गरे ।

यो पुरस्कार राशि मधेस प्रदेशमा आयोजना हुने प्रतियोगितामध्येको उच्च रहेको आयोजकले जनाएको छ ।

वीरगंज महानगरपालिकाको मुख्य सहयोग र भेट्रान्स सिटि क्लब वीरगंजकाे आयोजनामा कार्तिक १८ गतेदेखी सुरु भएको प्रतियोगितामा नेपाल र भारतका आठ टिमको सहभागि भएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...