Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

प्रथम वीरगंज गोल्डकपको उपाधीको लागि त्रिभुवन आर्मी र नेपाल पुलिस भिडदै

spot_img
spot_img

वीरगंज । प्रथम वीरगंज गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा पुगेका दुबै प्रतिस्पर्धी टिमले यसपटकको उपाधी जित्ने दाबि गरेका छन ।

शनिबार दिउँसो २ बजे हुने वीरगंज गोल्डकप फुटबल प्रतियोगीताको उपाधी फाईनलमा पुगेका त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले जित्ने दाबि गरेका हुन ।

शनिबार बिहान भएको फाईनल प्रतियोगीता अगावैको प्रि -पत्रकार सम्मेलनमा टिमको रणनिति अनुसार उपाधी उचाल्ने बताएका छन ।

पत्रकार सम्मेलनमा त्रिभुवन आर्मी क्लबको सहायक कोच चक्र तामाङ्गले सुरु देखि आर्मी क्लबको आक्रामक खेल्ने टिम भएकाले कुनै पनि हालतमा उपाधी जित्ने गरी खेल खेल्ने दावि गरेका हुन ।

उनले देशको विभिन्न स्थानको उपाधी आर्मी क्लबले जित्दै आएकाले त्यहि रणनिति अनुसार अगाडी बढ्ने ठोकुवा गरे ।

त्रिभुवन आर्मी क्लबका कप्तान नवयुग श्रेष्ठले पनि विगतको दिनमा पनि वीरगन्जमा भएको प्रतियोगीताको उपाधी जितेकाले यसपटक पनि नछाड्ने बताए ।

कप्तान श्रेष्ठले विपक्षी टिम पनि बलियो भएकाले हराउने रणनिति अनुसार अगाडी बढ्ने र उपाधी जित्ने बताए ।

नेपाल पुलिस क्लबका कोच चेतन श्रेष्ठले नेपालमा भएको विभिन्न प्रथम गोल्डकप प्रतियोगीताको उपाधी नेपाल पुलिस क्लबले जित्ने गरेकाले यसपटक जित्नेमा कुनै शंका नरहेको बताए ।

उनले नेपाल पुलिस क्लब विभिन्न रणनिति तयारीका साथ प्रतियोगीतामा भिड्ने भएकाले कुनै पनि हालतमा उपाधी जित्ने गरी खेल खेल्ने बताए ।

यस्तै नेपाल पुलिस क्लबका कप्तान राम वाजीले त्रिभुवन आर्मी क्लबलाई हराउन टिमको भुमिकाल भएकाले सोही अनुसार अगाडी बढ्ने ठोकुवा गरे ।

आर्मी क्लबलाई हराउन कोचले बनाएको रणनिति अनुसार आफुहरु अगाडी बढ्ने र उपाधी उचाल्ने उनले बताए ।

बुधबार भएको पहिलो सेमिफाईन खेलमा नेपाल पुलिस क्लबले आयोजक भेट्रान सिटि क्लबलाई सडेन डेथमा हराएर फाईनलमा प्रवेश गरेको हो । भने बिहिबार भएको दोस्रो सेमिफाईनमा त्रिभुवन आर्मी क्लबले संकटा क्लबलाई १–० गोलले हराएर फाईनलमा पुगेको थियो ।

मधेस प्रदेशकै सबैभन्दा उच्च धनराशीको यो प्रतियोगितामा प्रथम हुने क्लबले ११ लाख ११ हजार एक सय ११ र दोस्रो हुने क्लबले पाँच लाख ५५ हजार पाँच सय ५५ नगदसहित प्रमाणपत्र र सिल्ड पाउने छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...