Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

मौलापुरकी मेयर रिना साहको पद पुर्नबहाली

spot_img
spot_img

वीरगंज । सर्वोच्च अदालतले रौतहटको मौलापुर नगरपालिकाका मेयर रिना कुमारी साहलाई पुर्नबहाली गर्न आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले निर्वाचन आयोगले पद गएको भन्ने निर्णयको बदर गर्दै शुक्रबार यस्तो आदेश गरेको हो ।

नेकपा (एमाले)को सिफारिसमा यस अघि निर्वाचन आयोगले मेयर रिना कुमारी साहको पद निलम्बन गरेको थियो ।

सर्वोच्चको अन्तरिम आदेशमा भनिएको छ, ‘नवेदिकाको नगर प्रमुख पद स्वत रिक्त भएको भनि निर्वाचन आयोगबाट मिति २०८० साल असोज २९ मा भएको निर्णय तथा गोरखापत्रमा प्रकाशित सुचना समेत हाललाई कार्यान्वयन नगर्नु नगराउनु र निज निवेदिकालाई पूर्ववत रौतहट जिल्ला मौलापुर नगरपालिकाको प्रमुम पदमा रहि यथावत काम कारवाही गर्न दिनु भनि विपक्षीहरुको नाममा सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ (२) बमोजिम अन्तरिम आदेश जारि गरिदिएको छ।’

साथै सर्वोच्चले यस सम्वन्धमा १५ दिनभित्र निर्वाचन आयोगलाई लिखित जवाफ पेश गर्न भनेको छ ।

२०७९ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित भए पनि उनले दल त्याग गरी अन्य दलको सदस्यता लिएको भन्दै उजुरी परेपछि निर्वाचन आयोगले सूचना जारी गर्दै प्रमुखको पद रिक्त भएको सूचना प्रकाशित गरेको थियो ।

अहिले उनी आम जनता पार्टीमा आबद्ध छिन् । उनी एमाले छाडेर आम जनता पार्टी गठन गरेका प्रभु साहकी पत्नी समेत हुन् ।

साह यसअघि पनि माओवादीबाट सोही नगरपालिकामा मेयर थिइन् । उनी एमाले प्रवेश गरेपछि माओवादीले कारवाही गरे पनि अदालतले उनलाई मेयरमा पुर्नबहाली गरेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...