Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

श्री रामचरित्र मावि पकहाँ मैनपुरमा स्वागत कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साको पकहाँ मैनपुर गाउँपालिकास्थित श्री रामचरित्र भगत माध्यमिक विद्यालयमा शुक्रबा कक्षा ११ का विद्यार्थीहरुकाे स्वागत कार्यक्रम सम्पन्न भएकाे छ ।

पकहाँ मैनपुर गाउँपालिकाकाे सहयोग र श्री रामचरित्र भगत माद्यमिक विद्यालय पकहाँ मैनपुरका कक्षा १२ का बिधार्थीहरुको आयोजनामा स्वागत कार्यक्रम सम्पन भएको हाे ।

विद्यालयका प्रध्यानाध्यापक छोटेलाल साहको अध्यक्षता र वडा नम्बर ३ का वडाध्यक्ष संजय चौहानको प्रमुख आतिथ्यता भएकाे कार्यक्रममा कक्षा १२ का बिधार्थीहरुले बिभिन्न किसिम्मका मनोरंजनात्मक क्रियाकलापबाट कक्षा ११ का बिधार्थीहरुलाई स्वागत गरेका थिए ।

कार्यक्रममा छात्रा मुस्कान साह, काजल साह, छोटुको टिम, करण साह शिवम र प्रिती बर्णवाल लगायतले नृत्य समेत प्रस्तुती गरेका थिए ।

कार्यक्रममा वाेल्दै रेडियाे पाेखरियाका अध्यक्ष एवम् कालिका टाईम्सका प्रबन्ध निर्देशक छठु साहले विद्यार्थीहरु अनुशासित हुनु पर्ने वताए । उनले अनुशासनमा रहेर आफना आमाबुवा, गुरु, गाउँ समाज, पालिका र देशको नाम रोशन गर्न बिधार्थीहरुलाई आग्रह समेत गरे ।

कार्यक्रममा कक्षा १२ का संयोजक मनोज साह गोढ, सहायक प्रध्याध्यानाध्यापक मनोज यादव, शिक्षक उमेश यादव, छात्रा रुवी मेहता लगायतकाले शुभकामना मन्तब्य राखेका थिए ।

सोही कार्यक्रममा विद्यालयमा अध्ययनरत कक्षा १२ का ११ जना सर्बाैत्कृष्ट बिधार्थीहरुलाई पकहाँ मैनपुर गाउँपालिकाले पठन सामग्री, गाम्छा र अबिरको टिका लगाई सम्मान समेत गरेको थियाे ।

सम्मानित हुनेहरुमा जयकुमार राम, प्रियंका सहनी, लक्ष्मीना साह तेली, दिपेन्द्र शर्मा, रन्जना यादव, गुडी राम, कृष्णा कुम्हाल, मनोरमा चौहान, दिपेन्द्र शर्मा र राजु दास रहेका छन ।

यसैगरी ४ जना शिक्षक र एक जना कार्यालय सहयोगी पनि सम्मानित भएका हुन् । कार्यक्रममा एकाउन्ट पढाउने शिक्षक उमेश कुमार यादव, कम्पसरी नेपालीका शिक्षक नरेश कुश्वाहा, ओपिटी नोपलीका शिक्षक उमेश प्रसाद यादव, शिक्षाका शिक्षक मनोज यादव र कार्यालय सहयोगी सुरेश राउत लगायतकालाई सम्मानित गरिएको प्रध्यानाध्यापक साहले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित...