Date
बुध, भदौ १०, २०८३
Wed, August 26, 2026

विद्यालयद्वारा विद्यार्थीहरुलाई कपडा वितरण

spot_img
spot_img

वीरगंज । पर्साको बिन्दवासिनी गाउँपालिका वडा न.३ ठुलो इटियाहीस्थित श्री नेपाल स्काउट निम्न माध्यमिक विधालयमा अध्यनरत विद्यार्थीहरुलाई स्कुल ड्रेसको लागि कपडा वितरण गरिएको छ ।

नेपाल स्काउट निम्न माध्यमिक विधालयको आयोजनामा बिधालयमा अध्ययनरत ९८ जना विद्यार्थीहरुलाई स्कुल ड्रेसको लागि कपडा वितरण गरिएको हाे ।

बिहिवार विद्यालयमै आयाेजित कार्यक्रममा बिधालयको आफ्नै कोषबाट रकम निकासा गरि बाल विकासदेखि कक्षा ८ सम्मका ९८ जना विद्यार्थीहरुलाई स्कुल ड्रेसको लागि कपडा वितरण गरिएको बिधालय ब्यवस्थापन समितिका अध्यक्ष मुकेश कुमार चौरसियाले जानकारी दिए ।

कपडा वितरण कार्यक्रममा बिन्दवासिनी गाउँपालिकाको उपाध्यक्ष ज्योती चौरसिया, शिक्षा शाखा प्रमुख कपिल लामिछाने, बिधालय ब्यवस्थापन समिती सदस्य उमा देवी, सबिता देवी, मिना देवी, बिधालयका प्र.अ प्रमोद प्रसाद चौरसिया, शिक्षक, अभिभावक, शिक्षाप्रेमी, बुद्धिजीवी, पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रम संचालन बिधालयका शिक्षक राकेश चौरसियाले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भाथाधाममा ट्र्याक्टरबाट खसेका किशोरको चक्काले किचेर मृत्यु, चालक फरार

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल भाथाधाम (बाबा दुधेश्वरनाथ महादेव) मा ट्र्याक्टरबाट खसेका एक किशोरको सोही ट्र्याक्टरले किचेर मृत्यु भएको...

२५ वर्षदेखि बन्द वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

वीरगंज । करिब २५ वर्षदेखि बन्द रहेको वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न सरकारले गठन गरेको कार्यदल स्थलगत निरीक्षणमा जुटेको छ ।...

मुक्त हरवाचरवाको पहिचान र पुनर्स्थापनाको माग गर्दै जनकपुरमा प्रदर्शन

जनकपुर । मुक्त हरवाचरवाको पहिचान, भूमि अधिकार तथा पुनर्स्थापनाको माग गर्दै जनकपुरधाममा हजारौँ मुक्त हरवाचरवाले विरोध प्रदर्शन गरेका छन्। हरवाचरवा संघर्ष समितिको आयोजनामा ‘पहिचान हाम्रो...