Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

युवा नेता यादव जनमत पार्टीमा प्रवेश

spot_img
spot_img
वीरगंज । नेपाली कांग्रेसबाट बिद्रोह गर्दै मिर्चैयाका युवा नेता रामेश्वर यादव (मरर) जनमत पार्टीमा प्रवेश गरेका छन् । उनी बिहीबार औपचारिक रूपमा जनमतमा प्रवेश गरेका हुन् ।
 
नेता यादवलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष एवं सांसद डा. सिके राउतले अबिर र खादा लगाई पार्टीमा स्वागत गरे । मधेश आन्दोलनपछि राजनीतिमा पूर्ण सक्रिय यादव मिर्चैया क्षेत्रमा स्थापित नेताका रूपमा चिनिन्छन् ।
 
उनी मधेशबादी दलमा आवद्ध रही लामो समय राजनीति गरे । तर, मधेशबादी दलमा आएको टुटफुटका कारण निरास भएका उनी केही समय निष्क्रिय बसे ।
 
त्यसको केही महिनापछि उनी नेपाली कांग्रेस प्रवेश गरे । जसपाको जिल्ला उपाध्यक्ष भइसकेका उनलाई कांग्रेस नेताहरूले पार्टीमा उचित व्यवस्थापन गर्ने र चुनावमा अवसर दिने आश्वासन दिएर पार्टी प्रवेश गराएका थिए । 
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...

कटहरियामा पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणीको प्रयास

रौतहट । रौतहटको कटहरियामा पाँच वर्षीया बालिकालाई फकाएर सुनसान स्थानमा लगेर जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा स्कुल बसका सहचालकविरुद्ध मुद्दा दर्ता भएको छ। कटहरिया नगरपालिका–५...

नेपाललाई मेडिकल हब बनाउन निजी मेडिकल कलेज संघको सातबुँदे प्रस्ताव

काठमाडौं । नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षा तथा मेडिकल टुरिजमको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न सरकारसँग तत्काल...