Date
शनि, भदौ ६, २०८३
Sat, August 22, 2026

मन्त्री जयदत्तकाे घरमा भएकाे ताेडफाेड र आगजनीकाे भर्त्सना

spot_img
spot_img

वीरगंज । तेली कल्याण समाज नेपालले अखिल भारतीय तैलिक साह महासभा नयाँ दिल्लीकाे राष्ट्रीय अध्यक्ष तथा महाराष्ट्र राज्यको उत्सव मन्त्री जयदत्त क्षीरसागरको घर र कार्यालयमा भएकाे ताेडफाेड र आगजनीकाे घटनाकाे भर्त्सना गरेकाे छ ।

समाजले बिहिबार वीरगंजमा पत्रकार सम्मेलन गर्दै मन्त्री क्षीरसागरकाे घर र कार्यालयमा भएकाे ताेडफाेड र आगजनीकाे घटनाकाे घोर भर्त्सना गर्दै दोषीलाई पक्राउ गरी कडा कारबाहीकाे माग गरेकाे हाे ।

पत्रकार सम्मेलनमा बाेल्दै समाजका राष्ट्रिय अध्यक्ष बिश्वनाथ साह तेलीले मन्त्रीकाे सुरक्षा र क्षतिपूर्तिको व्यवस्था गर्न भारत सरकारसँग माग समेत गरे । उनले राष्ट्रिय अध्यक्ष एवम् मन्त्री क्षीरसागरकाे घर र कार्यालयमा ताेडफाेड र आगजनी गर्नेमाथी कारवाही नगरे अखिल भारतीय तैलिक साहु महासभाको समन्वयमा तेली कल्याण समाज नेपाल आन्दोलन गर्ने समेत वताए ।

समाजका अनुसार केही दिन अघि अज्ञात व्यक्तिहरूले मन्त्री श्रीरसागरकाे घरमा तोडफोड र आगजनी गर्नुकाे साथै मराठा आन्दोलनको विरुद्धमा पेट्रोल बम पनि प्रहार गरेकाे थियाे ।

अज्ञात समुहकाे ताेडफाे र आगजनीका कारण घर र कार्यालयमा बस्ने मानिसहरु र उनका परिवारका सदस्यहरु ज्यान जोगाउन मुस्किलले बाहिर निस्किन सफल भएका थिए ।

रेडियाे वीरगंज प्राङ्गणमा भएकाे पत्रकार सम्मेलनमा तेली कल्याण समाज नेपालका महासचिव सत्यनारायण साह, सल्लाहकार कमलाकान्त साह, गणेश साह, पर्सा अध्यक्ष ध्रुव साह, बारा अध्यक्ष बजरंगी प्रसाद साह, पर्सा उपाध्यक्ष हजारी साह, सचिव बिरेन्द्र साह, वीरगंज महानगर अध्यक्ष पानालाल साह, बहुदरमाई नगरपालिका ८ का वडाध्यक्ष पुनीलाल साह लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

गरिमा हत्या प्रकरणमा दोषीलाई हदैसम्मको कारबाही गर्न नेकपा पर्साको माग

वीरगंज । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरकी बालिका गरिमा कुमारी चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति नेपाली कम्युनिष्ट पार्टी, (नेकपा) पर्सा जिल्ला समितिले गम्भीर आपत्ति जनाउँदै दोषीलाई...

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष सञ्चालन

बारा । सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष सञ्चालनमा आएको छ । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजकाे सहयोगमा स्थापना गरिएको स्वास्थ्य...

चकलेट दिएर फकाई ३ वर्षीया बालिकामाथि जबरजस्ती करणीपछि हत्या, दुई जना पक्राउ

बारा । जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार...