Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पाेखरियामा एमालेकाे शुभकामना आदानप्रदान

spot_img
spot_img

पाेखरिया । पर्साकाे पाेखरिया नगरपालिकामा आज नेकपा एमालेकाे शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएकाे छ । एमाले पोखरिया नगर कमिटीकाे आयोजनमा शभ दिपावली तथा छठ पर्वकाे शुभकामना आदनप्रदन तथा चियापान कार्यक्रम सम्पन्न भएकाे हाे ।

एमाले पोखरिया नगर कमिटीका अध्यक्ष विन्ध्याचल ठाकुरको अध्यक्षता र पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजकुमार गुप्ताकाे प्रमुख आतिथ्यतामा भएकाे थियाे ।

कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य राैनियारले हालकाे सरकारले जनचाहना अनुसारकाे काम गर्न नसकेकाे वताए । एमालेकाे सरकारले जहिले पनि जनचाहना अनुसार काम गरेकाे वताउँदै जनताले एमालेकाे सरकार चाहेकाे वताए । 

पाेखरियामा भएकाे कार्यक्रममा संविधान सभा सदस्य एवम् पोखरिया नगरपालिकाका मेयर प्रद्युमन प्रसाद चौहान, उप प्रमुख रूबी कुमारी ठाकुर, एमालेका केन्द्रिय सदस्य अरबिन्द सिंह, निर्मला देवकोटा, संविधान सभा सदस्य जय प्रकाश थारू, एमाले मधेश प्रदेशका उपाध्यक्ष बिचारी यादव, केन्द्रिय सल्लाहकार समिति सदस्य शिव पटेल, जालिम मिया, मंजूर अन्सारी, पूर्व प्रतिनिधि सभा सदस्य हरिनारायण राैनियार, लाेसपाका नेता नेजामुदिन समानी, सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य एमाले पाेखरिया नगर सचिव संतोष गिरीले गरेका थिए भने कार्यक्रमको संचालन बिनोद गिरीले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा २२५ पोका रगत सङ्कलन

जनकपुरधाम । बाढीपहिरोबाट घाइते तथा प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन धनुषाको ढल्केबरमा २२५ पोका रगत सङ्कलन गरिएको छ । बाढी प्रभावित क्षेत्रमा रगतको आवश्यकता...

राष्ट्रपतिद्वारा बाढी प्रभावित क्षेत्र नुवाकोटको अवलोकन

नुवाकोट ।  राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटको अवस्थाबारे जानकारी लिनुभएको छ । उहाँले जिल्ला विपद् व्यवस्थापन समितिबाट बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज...

धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

जनकपुरधाम । धनुषामा प्रहरीले १९७ ग्राम लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी...