Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

नेपाल कावेरी एकेडेमीको खेलकुद सप्ताह सम्पन्न

spot_img
spot_img

वीरगंज । नेपाल कावेरी एकेडेमीद्वारा आयोजित खेलकुद सप्ताह सम्पन्न भएको छ । वल्र्ड अफ वन्डर्समा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै खेलकुद सप्ताहको समापन गरिएको हो ।

विद्यार्थीहरुको सर्वाङ्गिण विकासलाई मध्यनजर गर्दै विभिन्न खेलहरु समावेश गर्दै सप्ताहको आयोजना गरिएको थियो । मंगलबार आयोजित समापन समारोहमा विद्यार्थीहरुले मार्च पास प्रदर्शन समेत गरेका थिए ।

पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहको प्रमुख आतिथ्यतामा भएको समापन समारोहमा ख्याती प्राप्त मार्शल आटर्स प्रशिक्षक रवि कलवार, स्पोर्टस् हाउस वीरगंजका प्रोमोटर सौरभ केडिया लगायतकाको उपस्थिती रहेको थियो ।

कार्यक्रममा खेलकुद सप्ताहमा आयोजित विभिन्न प्रतियोगिताहरुमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयकी निर्देशक आयुषी तुलस्यानले विद्यार्थीहरुको चौतर्फि विकासका लागि अध्ययनका साथसाथै खेलकुद पनि उत्तिकै महत्वपूर्ण रहेको बताइन ।

विद्यार्थीहरुको खेलकुदतर्फको आकर्षणलाई सम्बोधन गर्न विद्यालयका तर्फबाट आफूहरुले कुनै कसर बाँकी नराख्ने उनले धारणा व्यक्त गरिन ।

एकेडेमीको कक्षा पि.जी देखि १० सम्मका विद्यार्थीहरु खेलकुद सप्ताहमा सहभागि थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...