Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

जनमत पार्टीकाे बृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । जनमत पार्टीकाे बृहत जनसभा एवं पार्टी प्रवेश तथा सम्मान कार्यक्रम सम्पन्न भएकाे छ । जनमत पार्टि महोत्तरीको आयोजनामा महोत्तरीकाे जलेश्वरस्थित श्री ल. च. मु. उच्च माध्यमिक विधालय प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको हाे ।

पार्टीको महोत्तरी जिल्ला ईन्चार्ज बिरेन्द्र कुमार मण्डलको अध्यक्षता तथा पार्टी राष्ट्रिय अध्यक्ष डा. सि.के. राउतको प्रमुख आतिथ्यमा सो समारोह सम्पन्न भएको थियो ।

साे कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता साह, मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री चन्दन सिंह, पार्टीका राष्ट्रिय उपाध्यक्ष ई. वसन्त कुशवाहा, प्रदेश सभा सदस्य सतिश कुमार सिंह, पुर्व मन्त्री अबदुल खान, प्रवक्ता डा. शरद सिंह यादव लगायतले सम्बाेधन गरेका थिए ।

कार्यक्रमको संचालन आरजे इरसादले गरेका थिए भने स्वागत मन्तव्य सितेश ठाकुरले गरेका थिए । कार्यक्रममा सांंस्कृतिक झाँँकी, गीतसंंगीत र नृत्री पनि प्रस्तुत गरिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...

कटहरियामा पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणीको प्रयास

रौतहट । रौतहटको कटहरियामा पाँच वर्षीया बालिकालाई फकाएर सुनसान स्थानमा लगेर जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा स्कुल बसका सहचालकविरुद्ध मुद्दा दर्ता भएको छ। कटहरिया नगरपालिका–५...

नेपाललाई मेडिकल हब बनाउन निजी मेडिकल कलेज संघको सातबुँदे प्रस्ताव

काठमाडौं । नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षा तथा मेडिकल टुरिजमको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न सरकारसँग तत्काल...