Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

वीरगंजबाट खैरो हेरोइन र नाइट्रोभेटसहित दुई जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले वीरगंज महानगरपालिकाकाे वडा नं.१६ रजतजयन्ती चोकबाट लागु औषधसहित दुई जनालाई पक्राउ गरेकाे छ ।

प्रहरी चौकी ईनर्वाबाट खटिएकाे प्रहरी टाेलीले लागु औषधसहित भारत विहार जिल्ला मोतीहारी नकरदेही थाना ग्राम भवानीपुर निवासी २७ बर्षिय भुलावन पटेल र बाराकाे कलैया उपमहानगरपालिकाकाे वडा नं .६ निवासी ३१ बर्षिय सन्तोष महतोलाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) कुमार बिक्रम थापाले जानकारी दिए ।

भारतबाट वीरगंज तर्फ आउने क्रममा मिति शनिबार विहान ११:३० बजेको समयमा रजतजयन्ती चाैकमा भुलावनलाई राेकी खानतलासी गर्दा निजले लगाएको जिन्स पाइन्टको पछाडीको खल्तीमा खैरो हिरोइन जस्तो देखिने पदार्थ ४९.५२० मि.ग्राम फेला परेको डिएसपी थापाले वताए ।

भुलावनलाई लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट १० दिन म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भैरहेको उनले वताए ।

त्यसैगरी शनिबार नै सांझ ६:३० बजे भारतबाट नेपालतर्फ आउँदै गरेका संकास्पदरूपमा हिँडिरहेका संताेषकाे खानतलासी गर्दा सेतो प्लाष्टिकको झोलामा प्रतिबन्धित लागु औषध नाईट्राभेट ३ डिब्बामा ९०० ट्याब्लेट फेला परेको डिएसपी थापाले वताए ।

  • Tags
  • #
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...