Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

विद्यार्थी नेता स्व. संताेष यादवकाे श्रद्धाञ्जली सभा सम्पन्न

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष स्वर्गीय सन्तोष यादवको १३ औं दिनको पुण्य तिथीमा साेमबार श्रद्धाञ्जली सभा सम्पन्न भएकाे छ ।

जनता समाजवादी पार्टी गाँउपालिका कमिटिले परवानीपुर बजारमा आयाेजना गरेकाे श्रद्धान्जली सभामा सहभागिहरुले स्वर्गीय यादवको फोटोमा माला अपर्ण गरेर श्रद्धान्जली व्यक्त गरेका थिए ।

श्रद्धान्जली सभालाई सम्बोधन गर्दै जनता समाजवादी पार्टीका कार्यकारीणी समितिका सदस्य राजकिशोर यादवले स्वर्गीय यादवको अल्पआयुमा भएको निधनले पार्टीलाई अपुर्णीय क्षति भएको बताए ।

यादवले स्वर्गीय यादव असल र इमान्दार नेता भएकाले आफुलाई सम्हाल्न नसक्ने अवस्थामा पुगेको सुनाए । स्वर्गीय यादव आन्दोलनको जायज मागको अगुवाई, पार्टीप्रति लगनशील, इमानदार र सहयोगी भावनाका व्यक्ति रहेको समेत उनले वताए ।

मधेश आन्दोलनमा सक्रिय रहेका यादव राष्ट्रिय जनता पार्टी नेपाल हुँदै जनता समाजवादी पार्टी नेपालमा आबद्ध भएका थिए । 

श्रद्धान्जली सभामा सहभागी नेताहरुले स्वर्गीय यादवका बुबा कपिलदेव यादव सहितका परिवारलाई भेटेर आवश्यकता अनुसार पार्टीले सधै सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

श्रद्धान्जली सभामा प्रदेश सभा सदस्य बच्चा राउत अहिर, संबिधान सभा सदस्य जयप्रकाश यादव, नेकपा एमालेका नेता रामपाल यादव, नेपाली कांग्रेसका नेता विजय गुप्ता, जनता समाजवादी पार्टीका नेता रामचन्द्र सिंह, जसपाका युवा नेता सन्जु साह, भरत खड्का, परवानीपुर गाँपालिकाका पुर्व अध्यक्ष हरिनारायण साह, वडा नम्बर ३ का वडाध्यक्ष ईब्राहिम मियाँ सहितका विभिन्न राजनितिक दलका नेता, समाजसेवी, स्थानीबासी सहभागी थिए ।

लिभरमा समस्या देखिएपछि अस्पताल भर्ना भएका स्वर्गिय यादवकाे उपचारकाे क्रममा कातिक ८ गते वीर अस्पताल काठमाडाैंमा निधन भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...