Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

दुई महिलासहित २३ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । कामना सेवा विकास बैंककाे आयाेजनामा साेमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैङ्ककाे १७ औं वार्षिकोत्सवको अवसरमा भएकाे कार्यक्रममा दुई महिलासहित २३ जनाले रक्तदान गरेका हुन् ।

बैङ्कको मधेस प्रदेशका क्षेत्रीय सपोर्ट प्रमोद गुप्ताले समाजका लागि केही गर्ने मनसायका साथ बैङ्कले वार्षिकोत्सवको अवसरमा रक्तदान गरेको बताए ।

विकास बैठाको सभापतित्व र वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाल प्रमुख अतिथ्यतामा भएकाे कार्यक्रममा नेपाल बुद्धिजीवी परिषद् मधेस प्रदेशका अध्यक्ष शम्भु गुप्ता, वीरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौलागाईं लगायतको उपस्थिति रहेको थियो ।

वीरगंजकाे गहवामाई मन्दिर अगाडि रहेको पार्कमा भएकाे कार्यक्रममा रक्तदाताहरूलाई रगत दान गरेको सम्मान बापत प्रशंसा पत्र समेत प्रदान गरिएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा २२५ पोका रगत सङ्कलन

जनकपुरधाम । बाढीपहिरोबाट घाइते तथा प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन धनुषाको ढल्केबरमा २२५ पोका रगत सङ्कलन गरिएको छ । बाढी प्रभावित क्षेत्रमा रगतको आवश्यकता...

राष्ट्रपतिद्वारा बाढी प्रभावित क्षेत्र नुवाकोटको अवलोकन

नुवाकोट ।  राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटको अवस्थाबारे जानकारी लिनुभएको छ । उहाँले जिल्ला विपद् व्यवस्थापन समितिबाट बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज...

धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

जनकपुरधाम । धनुषामा प्रहरीले १९७ ग्राम लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी...