Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

दुई महिलासहित २३ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । कामना सेवा विकास बैंककाे आयाेजनामा साेमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैङ्ककाे १७ औं वार्षिकोत्सवको अवसरमा भएकाे कार्यक्रममा दुई महिलासहित २३ जनाले रक्तदान गरेका हुन् ।

बैङ्कको मधेस प्रदेशका क्षेत्रीय सपोर्ट प्रमोद गुप्ताले समाजका लागि केही गर्ने मनसायका साथ बैङ्कले वार्षिकोत्सवको अवसरमा रक्तदान गरेको बताए ।

विकास बैठाको सभापतित्व र वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाल प्रमुख अतिथ्यतामा भएकाे कार्यक्रममा नेपाल बुद्धिजीवी परिषद् मधेस प्रदेशका अध्यक्ष शम्भु गुप्ता, वीरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौलागाईं लगायतको उपस्थिति रहेको थियो ।

वीरगंजकाे गहवामाई मन्दिर अगाडि रहेको पार्कमा भएकाे कार्यक्रममा रक्तदाताहरूलाई रगत दान गरेको सम्मान बापत प्रशंसा पत्र समेत प्रदान गरिएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...