Date
शनि, भदौ ६, २०८३
Sat, August 22, 2026

नारायणी एफएमकाे कार्यक्रममा ५३ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । मधेस प्रदेशको पहिलो समुदायिक रेडियो नारायणी एफएम १०३.८ मेगाहर्जकाे आयाेजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

रेडियाे १८ औं वर्षमा प्रवेश गरेको अवसरमा आयाेजित कार्यक्रममा ७ महिलासहित ५३ जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजले जनाएकाे छ ।

वीरगंजकाे लिंक राेडस्थित कुमु प्यालेस होटलमा भएकाे कार्यक्रममा महिला तर्फ नुतन सरावगी, अप्साना खान, प्रकृति अधिकारी, आरजु देवकोटा, निलम सिंह, सुकृति सिंह, दिर्घ कुमारी थापा, सुनिता कुमारी र रिया भट्टराईले रक्त गरेका हुन् ।

यसैगरी पुरुष तर्फ रञ्जित यादव, शब्दर हुसेन, आनन्द साह, बलिराम यादव, रवि कुमार गुप्ता, शिवनाथ यादव, कमल मोहन पोखरेल, रुप नारायण ठाकुर लोहार, किशोर राना मगर, ईश्वर राना मगर, नितिश कुमार सिंह, बिशाल पटेल, दिपेन्द्र साह, आशिष चौहान, ज्योतिलाल पण्डित, हरिशंकर कुमार कर्ण, श्याम प्रकाश लाल, अभिशेख तिवारी, गिरिश कुमार, उमेश कुशवाहा लगायतले रक्तदान गरेकाे रेडियाेले जनाएकाे छ ।

सामुदायिक रेडियो नारायणी एफएमका कार्यकारी अध्यक्ष गोविन्द देवकोटाको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका निवर्तमान अध्यक्ष गणेश लाठ र नेपाल पत्रकार महासंघका सचिव दीपेन्द्र चौहानले रक्तदातालाई व्लड व्याग हस्तान्त्रण गरेर कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष विरेन्द्रराज कंडेल र रेडियोका कार्यकारी अध्यक्ष गोविन्द देवकोटालाई लाठ र चौहानले व्लड व्याग हस्तान्त्रण गरेर कार्यक्रमको उदघाटन गरिएको थियो ।

उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने, मधेस प्रदेशका महासचिव श्याम बन्जारा, प्रेस युनियनका सचिव अशोक तिवारी र केन्द्रीय सदस्य श्रीराम रायमाझी, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य निरज पिठाकोटे, जगत राई, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का लगायत विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता र सामाजिक अभियान्ताहरुको उपस्थित रहेको थियो ।

यसैगरी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैयाकाे आयाेजना शनिबार नै रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । साे कार्यक्रममा ३ महिला सहित ९५ जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजका प्रमुख सराैभ राज पाण्डेले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

गरिमा हत्या प्रकरणमा दोषीलाई हदैसम्मको कारबाही गर्न नेकपा पर्साको माग

वीरगंज । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरकी बालिका गरिमा कुमारी चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति नेपाली कम्युनिष्ट पार्टी, (नेकपा) पर्सा जिल्ला समितिले गम्भीर आपत्ति जनाउँदै दोषीलाई...

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष सञ्चालन

बारा । सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष सञ्चालनमा आएको छ । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजकाे सहयोगमा स्थापना गरिएको स्वास्थ्य...

चकलेट दिएर फकाई ३ वर्षीया बालिकामाथि जबरजस्ती करणीपछि हत्या, दुई जना पक्राउ

बारा । जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार...